सद्दाम हुसेनका सैनिक बने बग्दादीका उत्तराधिकारी ? | Khabarhub Khabarhub

सद्दाम हुसेनका सैनिक बने बग्दादीका उत्तराधिकारी ?


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको सैनिक कारबाहीमा मारिएका आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीको उत्तराधीकारीका रुपमा अब्दुल्लाह कार्दशले जिम्मेवारी सम्हालेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बग्दादी मारिएपछि कार्दशले आईएसको नयाँ प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

आईएसका नयाँ प्रमुख बनेका कार्दश कुनै बेला इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनका सैनिक थिए ।

अमेरिकी रक्षा स्रोतका अनुसार कार्दशले पहिलेदेखि नै आईएसका धेरै मामिलाको नेतृत्व गरेका थिए ।

मारिएका बग्दादी पनि आफैं भने कारबाहीमा सहभागी हुँदैन थिए । उनी कारबाहीका लागि अन्तिम अनुमति मात्रै दिने गर्थे ।

समाचारहरुका अनुसार बग्दादीले नयाँ युवाहरुलाई जिहादी बनाउनका लागि ‘ब्रेन वास’ गर्ने काम गर्दथे ।

यसको विपरित आईएसका नयाँ प्रमुख कार्दश चाहिँ धेरै पटक आफैं कारबाहीमा सहभागी भइसकेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०