डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित | Khabarhub Khabarhub

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।

यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ ।

प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।
बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

“यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुन्छ, त्यसैले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनु पर्छ,” चिकित्सकहरुको भनाई छ ।

गत बर्ष पनि श्रीलङ्कामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ४३ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु