शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव « Khabarhub

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सियोल – कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ ।

दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले मङ्गलबार लेखेको समाचार अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो । देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्त रुपमा शतवार्षिक समारोह मनाउने सहमति गर्नुभएको थियो ।

उत्तरको राजधानी प्योङ्याङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्त रुपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरुले बताएका छन् ।

अघिल्ला वर्षहरुमा दुवै कोरियाले एकै दिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ३९ बजे

धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवा विस्तार

सुदूरपश्चिम- सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–१ छप्कैया

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मन्त्रीपरिषद् हेरफेर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् ।