१३ औं सागलाई सफल बनाउन गम्भीर बन्नुस्ः मन्त्री विश्वकर्मा | Khabarhub Khabarhub

१३ औं सागलाई सफल बनाउन गम्भीर बन्नुस्ः मन्त्री विश्वकर्मा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रियको प्रतिष्ठाको विषय भएको भन्दै भव्यताका साथ सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

१३ औं सागका लागि गठित विभिन्न समितिका सचिवसँग भएकाे बैठकमा मन्त्री विश्वकर्माले गम्भीर भएर सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिएका हुन् ।

उनले आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए । मन्त्री विश्वकर्माले कामकाजका दौरान आवश्यक पर्ने जनशक्ति सचिवालयमा पूर्ति हुने बताउँदै जिम्मेवारीलाई पूरा गर्न निर्देशन दिए ।

बैठकमा १३औं साग सचिवालय प्रमुख कमल खनालले कार्यविधि अनुसार सबैले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले समितिका सचिवहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।

बैठकमा समितिअन्तर्गत राष्ट्रिय टिम तयारीका सचिव महेन्द्रकुमार राई, खेलस्थल व्यवस्थापनका सचिव लवभक्त श्रेष्ठ, प्राविधिकका सचिव अर्जुनबहादुर विक, सुरक्षाका सचिव फणिन्द्र पौडेल, आवास व्यवस्थापनका सचिव विनोद उप्रेती, यातायात व्यवस्थापनका सचिव सरोजकुमार पोखरेल, स्वास्थ्यका सचिव मधुसुदन, प्रचारप्रसार तथा प्रकाशनका सचिव दुर्गाप्रसाद दुलाल, अतिथि सत्कारकी सचिव अनन्तादेवी खनाल, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनका सचिव वज्रबहादुर केसी तथा एन्टी डोपिङका सचिव तिलक नेपाली उपस्थित थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ५३ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०