ढुंगा गुल्ट्याएर नेकपाका कार्यकर्ताले मार्न खोजेः नेता डा. रिजाल | Khabarhub Khabarhub

ढुंगा गुल्ट्याएर नेकपाका कार्यकर्ताले मार्न खोजेः नेता डा. रिजाल


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा कार्यकर्ताले आफ्नो ज्यान लिने प्रयास गरेको बताएका छन् ।

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि जाँदै गर्दा नेकपा कार्यकर्ताले रुख ढालेर बाटो अवरोध गर्दै माथिबाट ढुंगा गुल्ट्याएर आफूलाई मार्न खोजेको बताएका छन् ।

‘नेकपाका कार्यकताले बाटोमा ४–५ ठाउँमा रुख ढालेर अवरोध सिर्जना गर्दै, माथिबाट ढुंगा गुल्ट्याएर मार्न खोजेका थिए ।’ खबरहबसँग कुरा गर्दै नेता रिजालले भने, ‘उनीहरु हतियार, ढुंगा, लाठीसहित आक्रमणमा उत्रिए पनि साथीहरुले जोगाउनुभयो, त्यसको सशक्त प्रतिकार गरेर बाँच्न सफल भइयो ।’

तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि गइरहेका नेता डा रिजाललाई आइतबार  नेकपाका कार्यकर्ताहरुद्वारा आक्रमणको प्रयास भएको थियो ।

यसैबीच, कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेता डा. रिजालमाथि नेकपाका कार्यकर्ताले मण्डले शैलीमा आक्रमण गरेको जनाएको छ । तरुणदलले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि आज तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाको उद्घाटन गर्न जाने क्रममा नेकपाका कार्यकर्ताले मण्डले शैलीमा अवरोध गरको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेकपाका कार्यकर्ताहको यस खालको मण्डले शैली र फासिष्ट कार्यको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ साथै दोषी उपर कडाभन्दा कडा कारबाहीको लागि सरकारसँग जोडदार माग गर्दछ ।’

त्यस्तै, नेता रिजालमाथि  भएको घटनाको घोर भ्रत्सना गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति  समेत जारी गरेका छन् ।

यस्तो छ विज्ञप्ति

तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेका छन् ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो । यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो । तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लाग्नुभएको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् ।

नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् । पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् । बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक हो । सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ३२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द