‘सरौतो’ को ‘केही आधा’ मा सन्नी र सुमी | Khabarhub Khabarhub

‘सरौतो’ को ‘केही आधा’ मा सन्नी र सुमी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि फिल्ममा समावेश ‘कुले दाइ’ सार्वजनिक गरिएको थियो ।

निर्माण टिमले यसअघि फिल्मको टिजर पनि सार्वजनिक गरिसकेको छ । प्रचारमा तीव्र खटिएको यो फिल्म युनिटले शनिवार ‘केही आधा’ बोलको गीत सार्वजनिक गरेको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने कोरियोग्राफी र छायांकन निर्देशक हरी हुमागाईंले गरेका हुन् ।

१४ दिन लगाएर गीतको भिडियो छायांकन गरिएको निर्माण टिमले जानकारी दियो । यो गीतको भिडियोलाई बन्दीपुर , पोखरा , धम्पुस , मुस्ताङ , लुम्बिनी , सौराहा र जनकपुरमा छायाँकन गरिएको जनाइएको छ ।

नेपाल सरकारको अभियान भिजिट २०२० लाइ पनि सहयोग गर्ने उद्देश्यले यसरी गीतको भिडियो तयार पारिएको हो ।

सुमी मोक्तान र सन्नी सि‌ंहसँगै लियो ट्यांक, विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतका कलाकारको अभिनय रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

यो फिल्म हरि हुमागाईंको निर्देशनमा डेब्यु फिल्म हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ३ : ३० बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज