पोखरा घुम्न आउने पर्यटकले आँधीखोलमा र्‍याफ्टिङको मजा लिन पाउने | Khabarhub Khabarhub

पोखरा घुम्न आउने पर्यटकले आँधीखोलमा र्‍याफ्टिङको मजा लिन पाउने


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत र्‍याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् ।

नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन् ।

श्रवण कुमार र उनका मातापितासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा शनिबार पत्रकारसहितको टोलीले करीब २५ किलोमिटरको र्‍याफ्टिङ यात्रा गरेको हो । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा समेत र्‍याफ्टिङको सम्भावना रहेकाले यसको प्रचारप्रसारका लागि र्‍याफ्टिङको आयोजना गरेको वाण्डरफुल वालिङका कार्यवाहक अध्यक्ष आशिषप्रताप खांँणले बताए ।

र्‍याफ्टिङ व्यवसायी तथा गाइडर सुभाष थापाले बर्खाको मौसममा अन्य नदीहरूमा पानीको बहाब बढी हुने भएकाले र्‍याफ्टिङ गर्न नपाइने तर आँधीखोलामा बर्खाको समयमा पानीको बहाबको मात्रा उपयुक्त हुने भएकाले बर्खाको तीन महिना साउनदेखि असोजसम्म सुरक्षित किसिमले र्‍याफ्टिङको मजा लिन सकिने बताए । पर्यटकीय नगरी पोखरा घुम्न आउने पर्यटकले आँधीखोलामा र्‍याफ्टिङको मज्जा लिन सक्ने थापा बताउँछन् । उनी भन्छन्, ‘पोखराको नजिकै रहेको आँधीखोलामा राम्रोसँग प्रचारप्रसार गरेको खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको यो ठाउँ पर्यटकको आर्कषण गन्तव्य बन्न सक्छ ।’

भीरकोट नगरपालिका–१ हेलुदेखि वालिङ नगरपालिका–१३ बायेटारीसम्म करीब २५ किलोमिटरको जलयात्रालाई व्यवस्थित गर्न सके आँधीखोलामा र्‍याफ्टिङका माध्यमबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटकका माध्यमबाट राम्रो आम्दानी लिन सकिने वाण्डरफुल वालिङका सचिव गणेश राउतले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ५८ बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि