सयौं सैनिक नियन्त्रणमा लिएको हुथी विद्रोहीको दाबी | Khabarhub Khabarhub

सयौं सैनिक नियन्त्रणमा लिएको हुथी विद्रोहीको दाबी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन- यमनका हुथी विद्रोहीले सयौंको संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दावी गरेका छन् ।

हुथी विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले साउदी अरबको नाजरान शहरबाट तीन जना सैनिक ब्रिगेडले आत्मसमर्पण गरेको दावी गरेका हुन् ।

तीन दिने कारवाही अभियानमा कयौं सैनिक मारिएको समेत उनीहरुले दावी गरेका छन् । हुथी विद्रोहीको दावीबारे साउदी अरेबियाका सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

हुथी विद्रोहीका प्रवक्ता सारियाले यमनमा जारी विद्रोहमा अहिलेसम्मकै ठूलो सफलता हात परेको दावी गरेका छन् ।

हुथी विद्रोहीले यसअघि पनि साउदी अरेबियाका दुई तेल प्रसोधन केन्द्रमा आक्रमण गरेको दावी गरेका थिए ।

यमनमा सन् २०१५ देखि जारी संघर्षमा हुथी विद्रोहीले राजधानी सनालाई कब्जामा लिएपछि राष्ट्रपति अब्दरबु मंसुर हादी देश छोडेर भागेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : १७ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार