अष्ट्रेलिया जाँदैहुनुहुन्छ ? जानुअघि जान्नैपर्ने १० कुरा | Khabarhub Khabarhub

अष्ट्रेलिया जाँदैहुनुहुन्छ ? जानुअघि जान्नैपर्ने १० कुरा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया भन्ने वित्तिकै सुविधा सम्पन्न ठूला शहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, कङ्गारु भन्ने बुझिन्छ ।

सायद त्यसैले अष्ट्रेलिया जान जो कोहीलाई पनि मन हुनसक्छ । त्यसैपनि नेपालबाट हरेक वर्ष अध्ययनका लागि धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलिया गइरहेका छन् ।

यदि तपाई पनि अध्ययन, रोजगारी वा घुम्ने सोचमा जाँदै हुनुहुन्छ भने अष्ट्रेलियाका बारेमा यी १० कुरा जान्नुहोस्, तपाईलाई सजिलो हुनेछ ।

१. महंगो देश

अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छैन, तर दोहोरो यात्राका लागि महंगो हुन्छ । यदि तपाई आफ्नो ‘क्याम्पिङ’ (पाल) छैन भने होस्टलमा रहन सक्नुहुन्छ, यो तुलनात्मक रुपमा सस्तो हुन्छ ।

त्यसमा पनि तपाई व्यक्तिगत चाहानुहुन्छ भने एकल कोठा लिन सक्नुहुन्छ, यो पनि होटेलको तुलनामा सस्तो हुनछ । रेष्टुरेन्ट धेरै छन् तर, लोकल खाना खान्छु भनेर नसोच्नुहोस् । अष्ट्रेलियामा सार्वजनिक स्थलमा खाना बनाएर खाने ठाउँ बनाइएको हुन्छ, त्यसमा आफ्नो लागि आफैँले खाना बनाएर खानुपर्ने हुन्छ ।

२. अष्ट्रेलिया विशाल र अत्यन्तै विविधताको मुलुक

अष्ट्रेलिया विश्वको छैटौँ ठूलो देश हो, जसले ७६,९२,०२४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यद्यपी, जनघनत्वको आधारमा सबैभन्दा कम जनसंख्या भएको देश हो । धेरै जसो अष्ट्रेलियन नागरिक समुन्द्र किनारमा बस्छन् । बाँकी भू भाग भने विशाल मरुभूमी र जंगलले ढाकिएको छ ।
३. स्थानिय भाषासँग परिचित हुनुहोस्

अमेरिकी र अष्ट्रेलियन अंग्रेजी भाषामा केही भिन्नता छ । अंग्रेजी भाषा नै प्रचलनमा रहेपनि अष्ट्रेलियामा फरक अर्थ लाग्छ । अष्टे«लियन नागरिकले बोल्ने अँग्रेजी भाषाका केही शब्दहरु भने अन्य अँग्रेजी बोल्ने मुलुकको भन्दा केही फरक छ ।

जस्तै, यदि तपाईलाई ‘टि’ (चिया) पिउन निमन्त्रणा गरिएको छ भने यसलाई खाना खान बोलाइएको बुझ्नुपर्छ । हामीले बुझ्ने अंग्रेजी भाषा त्यहाँको स्थानीय अर्थमा बेग्लै अर्थ दिन्छ, त्यसैले तपाई अर्थ वा संकेतबारे सतर्क रहन आवश्यक छ । तर, केही समयपछि भाषा बुझ्न समस्या हुन्न ।

४. प्रसस्तै कङगारु देखिनेछन् भन्ने आशा नराख्नुहोस्

अष्ट्रेलियामा त प्रसस्तै कङ्गारु देखिएलान् भन्ने हरेकको अपेक्षा हुनसक्छ । तर, त्यसो होइन । कङ्गारु अष्ट्रेलियाका जंगलमा देखिन सक्छन्, तर अष्ट्रेलिया भन्ने वित्तिकै भालु, कंगारु जस्ता जनावर वरिपरि देखिन्छन् भन्ने नसोच्नुहोस् ।

कहिले–काही मुख्य शहर तथा गल्फ कोर्समा पनि देख्न भने सकिन्छ ।

५. आफ्नो उदारतालाई नदेखाउनुहोस्

अष्ट्रेलियामा ‘टिप्स’, बक्सिस वा उदारतालाई सामान्य मानिदैन । रेष्टुरेन्ट, बार तथा ट्याक्सीमा बक्सिस अर्थात् टिप्स दिने चलन छैन । किनकि, अष्ट्रेलियमा सबै कामदारलाई पुग्दो तलब दिइएको हुन्छ ।

६. कडा घामसँग लड्नु

अष्ट्रेलियामा निकै कडा घाम हुन्छ । तपाईले जति सक्दो आफ्नो शरीरलाई जोगाउनुभयो त्यति राम्रो हुन्छ, नभए तपाईको छाला नराम्ररी डढ्न सक्छ । त्यसैले तपाई र घामबीच सन्तुलन गुम्न नदिनुहोस् ।

७. चकित पार्ने मौसम

उत्तर अमेरिका वा युरोप जस्तो न्यानो हुँदैन अष्ट्रेलियाको बर्षात् । यहाँ घाम निकै कडा लाग्ने र चाँडै बर्षात् हुन्छ । तर, बर्षभरी तातो हुन्छ भन्ने नसम्झनुहोस्, देशको उत्तरी भागमा न्यायो हुने गर्छ, जहाँको तापक्रम ५ डिग्री सेल्सियसम्म झर्न सक्छ र हिउँ पनि पर्ने हुन्छ । समुन्द्र नजिक हुनाले यहाँको मौसम निकै छिटो छिटो परिवर्तन हुने गर्छ ।

८. लोकल मदिरा

यदि तपाई रातको समयमा पिउने सोच्नुहुन्छ भने त्यहाको स्थानीय मदिरालाई रोज्नुहोस् । अष्ट्रेलियामा स्थानीय मदिरालाई निकै गुणस्तरीय मानिन्छ ।

९. ‘स्लो’ इन्टरनेट

अष्ट्रेलियामा इन्टरनेट महंगो र ‘स्लो’(ढिलो) हुन्छ । होटल तथा केही क्याफेमा वाई–फाई उपलब्ध हुन सक्छ, तर भएको र नभएको एउटै हुन्छ ।
१०. बस्न लोभिनु हुन्छ

अष्ट्रेलियाले तपाईलाई लोभ्याउने छ । तपाई देख्न सक्नुहुन्छ, मनोरम सूर्यस्त, लहलहलाउदो हरिया पहाड र बर्षभरी पानी पर्ने जंगल, सङलो पारदर्शी पानीमा पौडिरहेको र सुन्दर सामुन्द्रिक तटमा नुहाइरहेको । तपाई राम्रा मानिससँग भेट्न सक्नुहुन्छ, उनहरुको कथा सुन्न सक्नुहुनछ र साहशिक यात्रामा जानसक्नुहुनछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ४७ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको