राष्ट्रिय सभा बैठक– मिडिया काउन्सिल विधेयक पेश हुँदै | Khabarhub Khabarhub

राष्ट्रिय सभा बैठक– मिडिया काउन्सिल विधेयक पेश हुँदै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ । दर्ता भएको तीन महिनापछि विधेयक राष्ट्रिय सभामा पेश हुन लागेको हो ।

विधेयकका प्रावधानहरु संशोधन गर्न सरकारले सहमति जनाएपछि विधेयक पेश हुन लागेको हो । बिहीवार १ बजेका लागि बोलाइएको वैठकमा सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ पेश गर्ने कार्यसूची रहेको छ ।

गत वैशाखमा विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए ।
पत्रकारहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न पक्षसँग छलफल र वार्ता गर्दै संशोधन गर्न सकिने जनाएको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलले यो विधेयक फिर्ता हुनुपर्ने भन्दै संसदमा विरोध गरेको थियो ।

दर्ता गरिएको विधेयकमा काउन्सिलका अध्यक्षलाई सरकारले हटाउन सक्ने, समाचार लेखेकै भरमा पत्रकारले १० लाख तिर्नु पर्ने लगायतका व्यवस्था राखिएको थियो । जसको तिब्र विरोध भएको थियो । विधेयकको दफा ३ मा मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको थियो ।

दफा १० मा काउन्सिलको अध्यक्षको पदावधिको व्यवस्था गरिएको छ । जहाँ नियुक्त हुने पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने व्यवस्था प्रस्तावित थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न