बाढीले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनमा कठिनाइ | Khabarhub Khabarhub

बाढीले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनमा कठिनाइ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बाढीबाट महोत्तरीका अधिकांश सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।

मरहा, जङ्गहा, अङ्कुशी, रातो र विग्हीलगायतका नदीमा आएको बाढीले जिल्लाको जलेश्वर–मनरा–हर्दी, जनकपुर–भिठ्ठामोड, जनकपुर–लोहारपट्टी–रामगोपालपुर–सम्सी, मटिहानी–जलेश्वर–मडै–लोहारपट्टी, जलेश्वर–बर्दिबास, जनकपुर–मटिहानी, जलेश्वर–बखरी–चकवा–बथनाहा, धमौरा–बर्दिबास, सम्सी–माइस्थान, लक्ष्मिनियाँ–रघुनाथपुर–खैरबन्नी सडकको विभिन्न स्थानमा यातायात नियमति गर्न कठिनाई भएको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको भब्सी पुल नजिक सडक कटान गरी बगाएका कारण यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

बाढीले जनकपुर–भिठ्ठमोड सडकको पिपरामा ५० मिटर, सोही सडकको खैरा चोकभन्दा दक्षिण ६० मिटर, जलेश्वर–हर्दी सडकखण्डको एक दर्जन ठाउँमा सयौँ मिटर, त्यस्तै परिक्रमा सडकअन्तर्गत ४६ ठाउँमा सडक बगाएको बताइएको छ ।

दैनिक १५० देखि २०० सवारी साधन ओहोरदोहोर गर्ने ती सडक मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा कठिनाइ भएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताए ।

बाढीले सडक कटान गरी बगाएका कारण २५ करोड रुपैयाँको क्षति भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।

क्षतिग्रस्त सडक पुनःमर्मतसम्भार गरी सञ्चालनमा ल्याउन तीन करोड रुपैयाँ लाग्ने र त्यसका लागि सडक विभागमा पत्राचारसमेत गरिसकिएको उनले बताए ।

हालको सडक संरचनाबाट बाढीको पानीको बहावलाई निकास दिन पर्याप्तमात्रामा ‘क्रस ड्रेनेज’ नभएका कारण बाढीले सडकमा बढी मात्रामा क्षति पुर्‍याएको जनकपुर परिक्रमा सडक प्रमुख देवेन्द्रकुमार साहले बताए । उनका अनुसार सडक क्षतिग्रस्त हुनबाट बचाउन र समस्या सामाधानका लागि दीर्घकालीन अध्ययन हुनुपर्ने बताए ।

बाढीबाट क्षति पुगेका सडकमा भेन्टर कज्वे, स्लेब कल्भर्ट, बक्स कल्भर्ट, ह्युमपाइप कल्भर्टलगायतका संरचना निर्माणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको उनले बताए ।

सडकको हालको अवस्थालाई अध्ययन गरी दीर्घकालीन समस्या समाधानका लागि सडकको अनुसन्धान, मर्मतसम्भार र बजेटका लागि सम्बन्धित निकायमा बजेट निकासाका लागि आवश्यक पहल गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : ५४ बजे

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा