कतारमा रहेका श्रमिकलाई अरुको उक्साहटमा लागेर कम्पनी नछाड्न दूतावासको आग्रह | Khabarhub Khabarhub

कतारमा रहेका श्रमिकलाई अरुको उक्साहटमा लागेर कम्पनी नछाड्न दूतावासको आग्रह


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारको दोहास्थित नेपाली दूतावासले कतारमा रोजगारीमा रहेका नेपाली श्रमिकलाई अरुको उक्साहटमा लागेर काम गरिरहेको कम्पनी नछाड्न अपिल गरेको छ ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै राम्रो तलब, सेवासुविधा दिलाईदिने आश्वासनमा परेर आफूले काम गर्दै आएको कम्पनी नछोड्न आग्रह गरेको हो ।

श्रम सम्झौता करार विपरीत काम भएको प्रमाणित भएमा कतिपय सन्दर्भमा नयाँ रोजगारदातासँग काम गर्ने अनुमति प्राप्त हुने भएपनि आफूखुशी काम छोड्न र नयाँ रोजगारदातासँग जोडिन मिल्दैन । तर दलालहरुले धेरै पैसा कमाई हुने प्रलोभन देखाएर गैरकानूनी बनाउने र थप रकम असुल्दै समस्या सिर्जना गरिदिने घटना बढ्दै गएको छ ।

नेपाली दूतावासका तर्फबाट जारी गरिएको विज्ञप्तीमा राम्रो तलब, सेवासुविधा पाउने आश्वासन पाएर आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनेर थप पैसासमेत तिरेको र हाल आफू अलपत्र परेको भन्दै दूतावासमा उद्धारका लागि आउने क्रम बढेको उल्लेख गरिएको छ ।

दूतावासले पर्याप्त र ठोस आधारबिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परेर कार्यरत कम्पनी नछोड्न आग्रह गरेको छ ।

कतारको कानूनअनुसार त्यसरी आफूखुशी रोजगारदाता परिवर्तन गर्न पाइन्न । यसअघि कफाला अर्थात कतारमा रोजगारीका लागि आमन्त्रण गर्ने रोजगारदाताको अनुमतिविना रोजगारदाता परिवर्तन गर्न र मुलुक छोड्न समेत नपाईने व्यवस्था भएको कतारमा हाल त्यसमा केहि खुकुलो पारिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ११ : १० बजे

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र