हराएको कुकुर भेटाउनेलाई अमेरिकामा घर तथा जग्गा पुरस्कारस्वरुप दिने घोषणा | Khabarhub Khabarhub

हराएको कुकुर भेटाउनेलाई अमेरिकामा घर तथा जग्गा पुरस्कारस्वरुप दिने घोषणा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही मानिसहरु कुकुरप्रति यति सौखिन हुन्छन् कि आफ्नो घरपरिवारका सदस्यलाई भन्दा बढी माया गर्छन् । त्यसो त कुकुर पनि मालिक प्रति निकै बफादार हुन्छ ।

हालै अमेरिकामा यस्तै कुकुरलाई औधी माया गर्ने एक मालिकले आफ्नो हराएको कुकुर भेटाउनेलाई पुरस्कारको घोषणा गरे । अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले चिहुवाहुवा प्रजातिको आफ्नो हराएको कुकुरलाई लामो समयसम्म खोजे तर अझै भेटाउन सकेका छैनन् ।

कुकुर नभेटिएपछि उनले कुकुर भेटाउनेलाई एउटा गज्जबको इनामको घोषणा गरे । उनले एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।

जेनी नाम गरेको उक्त कुकुर गत अप्रिलमा हराएदेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजे पनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधोमा पुगेका थिए । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् ।

‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस्
भन्ने चाहन्छु ।’

जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । उक्त मेसेजमा लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ५२ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा