कार्यकाल सकिएपछि झोला बोकेर हिँडे डेनिस प्रधानमन्त्री | Khabarhub Khabarhub

कार्यकाल सकिएपछि झोला बोकेर हिँडे डेनिस प्रधानमन्त्री


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन– नेपालमा उच्च पदस्थ व्यक्तित्वको भड्किलो जीवनशैली बारम्बार आलोचित हुने गरेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिहरुको सवारीका कारण मानिसहरुले सडकमा सास्ती खेप्दै आएका छन् भने उच्च पदस्थ व्यक्तिहरु विदेश जाने बेला अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान र अवतरण समेत अवरुद्ध हुँदै आएको छ । सोही कारण नेपालका उच्च पदमा आसिन व्यक्तित्वहरु आलोचनाको पात्र बन्ने गरेका छन् ।

अर्कोतर्फ युरोपेली खासगरी नर्डिक मुलुकका उच्च पदस्थ व्यक्तित्वहरुको जीवनशैली निकै सामान्य रहने गरेको छ । प्रधानमन्त्री, मन्त्रीहरुको साधारण जीवनशैलीलाई विश्वभर प्रसंशा गरिन्छ । प्रधानमन्त्रीलाई बाटोमा साइकल चलाइरहेको वा सार्वजनिक सवारीमा यात्रा गरिरहेको सामान्य मानिन्छ ।

यस्तै उदाहरण दिएका छन्, डेनमार्कका प्रधानमन्त्री लार्स रोकी रास्मुसेनले । प्रधानमन्त्री रास्मुसेनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल पुरा गरी एउटा ब्याग बोकेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गरेको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

४ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएका रास्मुसेनले आफ्नो कार्यकाल सकिएकै दिन सामान्य झोला बोकेर प्रधानमन्त्री कार्यालयबाट बाहिरएको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

मुलुकका २५ औं प्रधानमन्त्री रास्मुसेनले सामाजिक सञ्जाल फेसबुकमा उक्त तस्बीर अपलोड गरेका हुन् । तस्बीरमा उनी कुनै सुरक्षा दस्ता बाहेक सुटमा सामान्य झोला बोकेर कार्यालयबाट बाहिरिएको देखिन्छ ।

उनले आफ्नो प्रधानमन्त्रीकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले प्रधानमन्त्री बनेर डेनिस जनताको सेवा गर्नु आफ्ना लागि सौभाग्य भएको समेत जनाएका छन् ।

डेनमार्कको नयाँ प्रधानमन्त्रीमा भने सोसल डेमोक्रेटिक पार्टीका तर्फबाट मेट फ्रेडरिकसन नियुक्त भएकी छिन् । उनले अर्को ४ वर्षसम्म डेनमार्कको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्नेछिन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १२ : ४९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,