चिली कोपा अमेरिकाको सेमिफाइनलमा | Khabarhub Khabarhub

चिली कोपा अमेरिकाको सेमिफाइनलमा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिली ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले अन्तिम चारमा स्थान पक्का बनाएको हो ।

ब्राजिलको साओ पाउलोमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकियो । त्यसपछि भएको पेनाल्टीमा विलियम टेसिल्लोले गरेको प्रहार बाहिरिँदा चिलीका सबै खेलाडीले गोल गरे ।

कोलम्बियाका लागि जेम्स रोद्रिगेज, इडविन कार्डोना, जुवान क्वाद्रादो, यारिस मिनाले गोल गरेका थिए । चिलीका लागि अटुर्रो भिडाल, इडुवार्डो भर्गास, इरिक पुल्गर, चार्ल्स अरांगेज र एलेक्सिस साञ्चेजले गोल गरेका थिए ।

अब चिलीले सेमिफाइनलमा उरुग्वे र पेरुवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : ०८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका