मुटुको चाल गडबडी सम्बन्धि रोगको विशेषज्ञता लाइसेन्स पाउने पहिलो डाक्टर « Khabarhub

मुटुको चाल गडबडी सम्बन्धि रोगको विशेषज्ञता लाइसेन्स पाउने पहिलो डाक्टर


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. रोशन राउत वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। मुटुको चाल गडबडी सम्बन्धि रोगका डाक्टर भन्ने वित्तिकै गंगालाल अस्पतालमा डा.राउतको नाम सबैले लिन्छन्। डा.राउतले १५ वर्षअघिदेखि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको चाल गडबडी सम्बन्धि रोगका बिरामीको उपचार गर्दै आएका छन्।

मुटुको चाल गडबडी सम्बन्धि उपचार गर्ने चचिर्त डाक्टर राउतले यो चर्चामा आउँदासम्म धेरै ठूलो संघर्ष र मेहनत गरेका छन्। राउतले मात्रै होइन उनलाई चचिर्त मुटुरोग विशेषज्ञ डाक्टर बनाउन उनकी आमा मन्दिरा देवीको पनि उत्तिकै योगदान र प्रेरणा छ।

४० वर्षको उमेरमा जागिर खाएर आमाले बोर्डिङ पढाइन्

डाक्टर राउत धनुषाको ग्रामीण क्षेत्रमा २०३१ साल मा जन्मिएका हुन्। उनी परिवारका एक्लो छोरा थिए। आमा बुबा, दुई दिदी र एक बहिनीसहित उनीहरुको ६ जनाको परिवार थियो। आमाबुबा जीवननिवार्हमुखी खेतीपाती गरेर जीविका चलाउँथे।

खेतीपातीको काम गरेर जीविका चलाउँदै आएका डा.राउतका आमाबुबालाई ४ जना सन्तान पढाउँन धौधौ नै थियो। स्कुल जाने उमेर भएपछि डा.राउतले घर नजिकैको एक सामुदायिक विद्यालयबाट पढाइ शुरु गरे। परिवारको एक्लो छोरा दिदीबहिनी र आमाबुबा सबैको प्यारो थिए, डा.राउत। गाउँको सामुदायिक स्कुलमा पढाएर छोराको भविश्य देखिनन् डा.राउतकी आमाले। छोरालाई शहरको राम्रो बोर्डिङ स्कुलमा पढाउने रहर थियो उनको।

आफ्ना सन्तानलाई बोर्डिङ पढाउने सपना लिएर डा.राउतकी आमा मन्दिरा देवी राउतले ४० वर्षको उमेरमा जागिर खाइन्, ग्रामिण स्वास्थ्य कार्यकर्ताको रुपमा।

‘दुई दिदी र एक बहिनीसहित हामी ४ जना थियौं, बुबा, आमा नै खेतीपाती गर्नुहुन्थ्यो, खेतीपातीले खान पुग्थ्यो तर पढाइ खर्च त अरु काम गरेर जुटाउन पर्थ्यो।,’ डा.राउतले आमाको समर्पण सम्झिए,‘हामीलाई राम्रो बोर्डिङमा पढाउने खर्च जुटाउन आमाले ४० वर्षको उमेरमा जागिर खानुभयो।’

आमाले ग्रामिण स्वास्थ्य कार्यकर्ताको रुपमा जागिर पाएपछि डा.राउतले जनकपुरमा पहिलो पटक खुलेको जानकी बोर्डिङ स्कुलमा पढ्ने अवसर पाए। डा.राउत जानकी बोर्डिङ स्कुलमा नर्सरीमा भर्ना भएर पढ्न शुरु गरे।

जानकी बोर्डिङ स्कुलमा डा.राउत पहिलो ब्याचका विद्यार्थी थिए। त्यहाँ ७ कक्षासम्म मात्रै पढाइ हुने भयो। ८ कक्षा पढ्न उनले नयाँ खुलेको मिथिला इङ्ग्लिस स्कुलमा भर्ना भए। डा.राउतले २०४६ सालमा एसएलसी उत्तीर्ण गरे। उनी जनकपुर अञ्चल टपर थिए।

कोचिङ पढाउँदै आफ्नो खर्च जुटाए

आमाको सपना राउतलाई डाक्टर बनाउने थियो। गाउँमा रहेका डाक्टरले पाएको सम्मान देखेर डा.राउत पनि प्रभावित भएका थिए। डा.राउत काठमाडौं आएर (आइएसी) साइन्स पढ्न चाहन्थे, तर घरको आर्थिक अवस्था भने उनलाई साइन्स पढाउन सक्ने थिएन। ४ जनाको पढाइ खर्च जुटाउन आमाबुबालाई गाह्रो हुने भएकाले उनले जनकपुरकै राम सागर क्याम्पसमा आइएसी पढे। आइएसीमा डा.राउतले नेपारभरीमै छैटौं स्थान हासिल गरे।

नेपालभरीमै टप ६ मा परेपपछि डाक्टर नै बन्ने सपना लिएर एमबीबीएसको प्रवेश परीक्षाको तयारीका लागि उनी २०५० सालमा काठमाडौं आए।

काठमाडौंमा साथीहरुसँग मिलेर डेरा लिएर बसें। २०५० सालमा काठमाडौंमा कोठाभाडा २ सय तिर्नुपथ्र्यों। तर त्यही दुईसय पनि डा.राउतका लागि धेरै ठूलो रकम थियो। उनले कोठाभाडा जुटाउनको लागि आइएसी पढ्ने विद्यार्थीलाई कोचिङ पढाएर खर्च जुटाउथें।

‘त्यतिबेला २ सय भाडा तिर्न पनि गाह्रो थियो मलाई, मैले आइएसी पढ्ने विद्यार्थीलाई कोचिङ क्लास पढाएर कोठाभाडा र काठमाडौंमा बस्ने खर्च जुटाए,’ डा.राउतले विगत सम्झिए।

डाक्टरी पढ्ने कलेज नै बन्द !

२०५० सालमा नेपालमा एमबीबीएस अध्ययनको लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल मात्रै थियो। त्यसमा पनि जति नै राम्रो अंक ल्याएपनि फूल स्कलरसिप पाइँदैन थियो। तर डाक्टर राउतसँग पैसा तिरेर पढ्न सक्ने आर्थिक हैसियत थिएन।

चाइना पढ्न गएँ भने त डाक्टर त बन्न पाइन्छ र नाम निकाल्न सक्छु भन्ने आत्मविश्वास पनि थियो, डा.राउतले विगत सम्झिँदै भने, छात्रवृत्तिमा एक नम्बरमै नाम पनि निस्कियो

डा.राउतले एमबीबीएस अध्ययनको लागि प्रवेस परीक्षाको तयारी गर्दैगर्दा नेपालमा पहिलोपटक निजी मेडिकल कलेज ( डिवाइ पाटेल मेडिकल कलेज, नेपालगञ्ज) खुल्यो। उक्त कलेजले उत्कृष्ठ अंक ल्याएका केही विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउन केही सिट छुट्याएको थियो। शिक्षा मन्त्रालयमार्फत प्रवेश परीक्षा दिएर डा.राउतले ४ नम्बरमा नाम निकाल्न सफल भए। उनले सो मेडिकल कलेजमा पनि पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाए।

उनी डाक्टरी पढ्ने सपना लिएर काठमाडौंबाट नेपालगञ्ज तर्फ लागे। पहिलो वर्षको पढाइ सकियो। तर दुभाग्र्य दोस्रो वर्ष पढ्न नपाउँदै कजेल बन्द भयो। डा.राउत र उनीसँगैका सबै विद्यार्थीको डाक्टर बन्ने सपना चक्नाचुर भयो।

‘डाक्टर बन्ने सपना लिएर पढ्न गएको कलेज पढाई पूरा नहुँदै बन्द भइदियो, हाम्रो सपना चक्नाचुर भयो,’ डा.राउतले तितो यर्थात सुनाए, ‘कलेज बन्द हुँदा आमाको सपना सम्झेर रोएँ।’

छात्रवृत्तिमा नाम निकालेर शिक्षा मन्त्रालयले नै पढ्न पठाएको कलेज बन्द भएपछि डा.राउत र उनका साथीहरु काठमाडौं आएर शिक्षा मन्त्रालयमा धर्ना दिन शुरु गरे।

डा.राउतको परिवारको आर्थिक अवस्था कमजोर थियो। आमाको सपना थियो, ‘छोरा डाक्टर भएपछि आफ्नो आर्थिक भार कम हुनेछ’। तर छोरा पढेको कलेज नै बन्द भयो सुन्दा राउतभन्दा पनि उनकी आमाको निद्रा हरायो।

छोरा छिट्टै डाक्टर हुन्छ भन्ने आसामा रहेकी आमालाई शंका लाग्न थाल्यो ‘छोरा डाक्टर हुने हो कि होइन।’

‘शुरुमा आमाको सपना थियो, छोरा छिट्टै डाक्टर बन्दिए हुन्थ्यो, कलेज बन्द भएपछि आमालाई जसरी पनि डाक्टर बनिदिएहुन्थ्यो ढिलो चाडो जे भएपनि भन्ने लाग्नथाल्यो,’ डा.राउतले सम्झिए, ‘त्यतिबेला महाराजगञ्जको टिचिङ थियो, बंगालादेशबाट पनि सिट आउथ्यो तर सबैमा धेरै महंगो नभएपनि केही खर्च लाग्ने, तर मसँग त्यो केही खर्च वेहोर्न सक्ने अवस्थामा थिइन्। जहाँ पूर्ण छात्रवृत्ति पाहिन्थ्यो त्यही पढ्नुपर्ने अवस्था थियो।’

डा.राउतसहित उनका साथीहरुको ३ महिना शिक्षा मन्त्रालयको आँगनमै वित्यो।

मणिपालमा गएनन्

शिक्षा मन्त्रालयमा धर्ना दिएको ३ महिनापछि पोखरामा अर्को मेडिकल कलेज खुल्ने भयो, मणिपाल मेडिकल कलेज, पोखरा। शिक्षा मन्त्रालयले छात्रवृत्तिका सबै विद्यार्थीलाई पूर्ण छात्रावृत्तिमै पोखराको मणिपाल मेडिकल कलेजमा पढाउन पठाउने सहमति गर्‍यो।

सबैजना मणिपाल मेडिकल कलेजमा पढ्न जान तयार भए, बेलुका सामानहरु पनि तयार गरे। तर डा.राउतको मनमा बहस शुरु भयो, ‘फेरि नयाँ नै मेडिकल कलेज त्यो पनि फेरि प्रथम वर्ष दोहोर्‍याएरै पढ्नुपर्ने, त्यो पनि बन्द भयो भने म डाक्टर हुन्छु हुन्न निश्चित छैन।’

डा.राउत दोधारमा थिए। सपनामा पनि मेडिकल कलेज बन्द भएको देखे राउतले। त्यसपछि साथीहरुलाई बस चढाएर उनी डेरामा फर्किए।

डा.राउत भन्छन्-त्यतिबेला नेपालमा मुटुको डाक्टर धेरै कम थिए, डिग्री लिएर आफ्नै देशका बिरामीको सेवा गर्नुपर्छ भनेर चीनमा प्राप्त अवसरलाई वेवास्ता गर्दै नेपाल फर्किएर गंगालाल अस्पतालमा जागिर शुरु गरें

‘राति सपनामा पनि त्यो नयाँ कलेज पनि बन्द भएको देखें, त्यसपछि भोलिपल्ट बिहान गोंगबु बसपार्कमा सबै साथीलाई भेटेर तिमीहरु जाउ म जाँदिन भनेर गाडी चढाएर डेरामा फर्किए,’ डा.राउतले भने, ‘शिक्षा मन्त्रालयमा पढ्दिन भनेर फर्किदा घरमा बाबुआमालाई साधेका छौं भन्नुभयो, तर मैले घरमा पनि नभरी आफैले निर्णय लिएर पोखरा गइँन।’

नयाँ मेडिकल कलेजमा पाएको अवसरमा ‘भर कम डर बढी’ भएपछि त्यहाँ नपढ्ने निर्णय गरेका राउतले डाक्टर बन्ने सपना भने छाडेका थिएनन्। त्यतिबेला चीनबाट पनि नेपाली विद्यार्थीका लागि एमबीबीएसमा पूर्ण छात्रावृत्तिमा पढ्ने अवसर थियो।

चिनियाँ भाषामा पढ्नुपर्ने भएकाले त्यहाँको छात्रवृत्तिमा पढ्ने रुची डा.राउतमा त्यति धेरै थिएन। तर उनलाई जसरी पनि डाक्टर बन्नु थियो। नेपालमा पढेको कलेज बीचमै बन्दभएपछि छात्रवृत्तिमा नाम निकालेर पढ्न जाने निर्णय लिए।

‘चाइना पढ्न गएँ भने त डाक्टर त बन्न पाइन्छ र नाम निकाल्न सक्छु भन्ने आत्मविश्वास पनि थियो,’ डा.राउतले विगत सम्झिए, ‘छात्रवृत्तिमा एक नम्बरमै नाम पनि निस्कियो।’

चिनियाँ भाषा मै एमबीबीएस

एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा पहिलो नम्बरमा नाम निस्किए पनि चिनियाँ भाषामा कसरी पढ्ने अर्को समस्या उनमा आइपर्‍यो। तर उनले हार मानेनन्। उनले एकवर्ष चिनियाँ भाषा पढेर त्यसपछि एमबीबीएस गरे। शुरु शुरुमा चिनियाँ भाषामा लेखिएका एमबिबिएसका पुस्तक पढ्न डा.राउतलाई निकै सकस हुन्थ्यो।

‘चाइनिज भाषाको एमबीबीएसको पुस्तक पढ्न किनै गाह्रो भयो,’ डा राउले सम्झिए, एकदुई महिना त एक पेज पढ्न ३ घण्टा त डिक्सनेरी नै पल्टाउथें, एक पेज पढ्न झण्डै चारघण्टा लाग्थ्यो।’

भाषामा समस्या भएपनि डा.राउत राम्रो विद्यार्थी थिए। राम्रो विद्यार्थी भएकाले उनलाई चिनियाँहरुले उत्कृष्ट चिनियाँ विद्यार्थीहरुसँगै बसेर पढ्ने अवसर पाए। डा.राउतले चीनबाट २०६१ सालमा इन्टरल मेडिसिन र कार्डियोलोजीमा एम डी गरे।

विमानस्थलबाट सोझै चिकित्सकको लाइन्सेस भर्न गएँ

२०६१ सालमा एमडी सकेपछि डा.राउत नेपाल आए। उनी नेपाल आएको दिन नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको फारम भर्ने अन्तिम दिन थियो। उनी विमानस्थलबाट सिधैं काउन्सिल गएर विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको फर्म भरे। लाइसेन्स परीक्षा समेत पास भएपछि मात्रै उनी काठमाडौंबाट घर गए। डाक्टर बनेर पहिलो पटक घर जाँदा उनको घरमा छुट्टै रौनक थियो।

उनले भने, ‘त्यतिबेला नेपालमा मुटुको डाक्टर धेरै कम थिए, डिग्री लिएर आफ्नै देशका बिरामीको सेवा गर्नुपर्छ भनेर चीनमा प्राप्त अवसरलाई वेवास्ता गर्दै नेपाल फर्किएर गंगालाल अस्पतालमा जागिर शुरु गरें।’

मुटुको चाल गडबडी सम्बन्धि रोगको लाइसेन्स पाउने पहिलो चिकित्सक

गंगालाल अस्पतालमा उनले ९ वर्ष मुटुको चाल गडबढी सम्बन्धि रोगका बिरामीको उपचार गरे। विसं २०७० मा डा.राउतले जटिल प्रकारको मुटुको चाल गडबढी सम्बन्धि रोगका विषयमा क्यानडामा फेलोसिप गर्ने अवसर पाए।

डा.राउत एकवर्षको फेलोसिप सकेर फेरि नेपालमै फर्किएर गंगालाल अस्पतालमै जटिल प्रकारका मुटुको चाल गडबढीको उपचारमा खटिएका छन्।

क्यानडा बसाइको क्रममा डा.राउतको अर्को रोचक पक्ष पनि छ। क्यानडाबाट मुटुको चाल गडबडी सम्बन्धि रोगको विशेषज्ञताको लाइसेन्स पाउने पहिलो चिकित्सक डा.राउत नै हुन्।

उनले क्यानडामा मुटुको चाल गडबढीको फेलोसिप गरीरहेकै समयमा पहिलोपटक त्यहाँ उक्त रोगको विषयमा अध्ययन गर्नेलाई पहिलोपटक विशेषज्ञ चिकित्सकको दर्जामा लाइसेन्स दिने व्यवस्था गरेको थियो। जसमा डा.राउतले मुटुको चाल गडबडी सम्बन्धि विशेषज्ञताको लाइसेन्स (क्यानेडियन बोर्ड सटिफाइड) पाएका हुन्।

त्यतिबेला क्यानडाको पत्रपत्रिकाले द विट डा रोशन भनेर डा.राउतको विषयमा समाचार समेत प्रकाशित गरेको थियो।

क्यानडा गएका चिकित्सकलाई त्यहाँ धेरै राम्रो अवसरहरु थियो। धेरैले डा.राउत पनि क्यानडामै बस्छन् भन्ने सोचेका थिए। तर डा.राउतको ‘जटिल प्रकारको मुटुरोगको उपचार कसरी हुन्छ र नेपालमा यो उपचार कसरी गर्ने’ भनेर बुझ्नका लागि त्यहाँ गएका थिए।

तर डा.राउतले एकवर्षको फेलोसिप सकेर फेरि नेपालमै फर्किएर गंगालाल अस्पतालमै जटिल प्रकारका मुटुको चाल गडबढीको उपचारमा खटिएका छन्।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ४८ बजे

चर्चित गायिका साकिरामाथि कर छलीको आरोप

लसएन्जल्स– कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा

ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने

काठमाडौँ- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ- चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ– नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३

सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन : प्रम देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले