जथाभावी चलाइएका डोजरले बढायो पहिरोको जोखिम | Khabarhub Khabarhub

जथाभावी चलाइएका डोजरले बढायो पहिरोको जोखिम


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनसुन शुरु भएसँगै पश्चिम नेपालमा पहिरोको जोखिम बढेको पाइएको छ। विकास निर्माणका नाममा गाउँगाउँ भित्रिएका डोजरले जथाभावी सडक खन्दा पश्चिम नेपाल पहिरोको जोखिममा परेको राजधानी दैनिकमा खबर छ। वातावरणीय मूल्यांकन बिना नै स्थानीय तहले विकास निर्माणका लागि भन्दै जथाभावी खनेको सडक नै पहिरोको मुख्य कारकका रूपमा देखिएको भूगर्भविद्हरूले बताएका छन्।

‘नेपालको पश्चिमी क्षेत्रमा यस वर्ष मनसुनी वर्षा बढी हुने भएकाले सो क्षेत्रमा पहिरोको जोखिम बढी हुन सक्छ,’ पहिरोको अध्ययन अनुसन्धान गरिरहेका जल तथा मौसम विज्ञान विभागका पहिरोविद् विनोद पराजुलीले भने, ‘वातावरणीय प्रभावबिना नै जथाभावी रूपमा निर्माण गरिएका सडकका कारण बाढी र पहिरोको प्रकोप बढिरहेको पाइएको छ।’

मनसुनी वर्षा औसतभन्दा बढी हुने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोको जोखिम पनि बढी भएको उनले बताए। संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहले सडक निर्माणको कामलाई प्राथमिकतामा राखेका छन्। प्राथमिकतामा राखिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनबिना नै सडक निर्माण हुँदै आएका छन्। विशेषगरी स्थानीय तहले निर्माण गरेको सडक वातावरणीय प्रभाव मूल्यांकनबिना नै गरिएकाले पहिरोको जोखिम अत्याधिक पाइएको छ।

‘भौगर्भिक कारणले नेपाल प्राकृतिक विपद्हरूको दृष्टिले उच्च जोखिममा छ र यसबाट राज्यले ठूलो धनजनको क्षति तथा नोक्सानी बेहोर्न परिरहेको छ। गृह मन्त्रालयको तथ्यांक हेर्दा २०७१ सालपछि पहिरोबाट ४५३ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्या ४ सयभन्दा बढी छ,’ नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. कविराज पौड्यालले भने, ‘पहिरोबाट सोही अवधिमा २ हजार ७२० घरपरिवार प्रभावित हुनुका साथै करिब ९० करोडभन्दा बढी आर्थिक क्षति तथा नोक्सानी राज्यले बेहोर्नुपरेको छ। सोही अवधिमा बाढीबाट ४१३ जनाले ज्यान गुमाए भने २१७ जना बेपत्ता छन्।’

सो अवधिमा बाढीबाट ५९ हजार ८५६ घरपरिवार विस्थापित भएका छन् भने करिब १५ अर्ब रुपैयाँबराबरको आर्थिक क्षति बेहोर्नुपरेको छ। सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ल्याए पनि पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकेको छैन।

प्रधानमन्त्रीले भने – मन्त्री हेरफेरको हल्लामा सत्यता छैन, उच्च मनोबलका साथ काम गर्नूस् शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ। प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई तत्काल मन्त्री हेरफेर गर्ने कुनै सोच नभएको भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्।

बिहीबार सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको शुरुमा नै प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने हल्ला सरकारलाई कमजोर बनाउने मनसायका साथ आएको भन्दै तत्काल मन्त्रीहरू हेरफेरको कुनै सम्भावना नभएको बताए। उनले आफ्ना मन्त्रीलाई आश्वस्त पार्दै हल्ला फिजाउनेलाई अग्रगामी कार्य गरेर देखाइदिन आग्रह गरे।

त्यस्तो महिलामाथिको आक्रमण : सिरिन्ज होइन काँटी, काँटी घोप्ने आक्रमणकारी सार्वजनिक शीर्षकको समाचारमा केही महिना यता सामाजिक सञ्जालमा एउटा सामग्री भाइरल भएको छ, ‘उपत्यकामा रातिराति युवतीहरूलाई सिरिन्ज हानिएको छ। सिरिन्ज हानेर मान्छेहरू भागेका छन्, सावधानी अपनाउनुहोला।’ सिरिन्ज आक्रमणबारे सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा छ्यापछ्यापती समाचार प्रकाशित भएका छन्। यस्ता आक्रमणको घटनाको उजुरी प्रहरीमा पनि पर्‍यो। प्रहरीसमेत अनविज्ञ रहेको यस प्रकारको आक्रमणबाट सडकमा हिँड्ने युवतीहरू त्रसित बने।

युवतीमाथि सिरिन्ज आक्रमणका घटना बढ्न थालेपछि प्रहरीले आक्रमणकारीको खोजीलाई तीव्र पार्‍यो। महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उजुरीका आधारमा सम्भावित क्षेत्रसहित घटना स्थलमा निगरानी बढायो। सोही क्रममा बिहीबार राति आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई महाराजगन्ज भाटभटेनी नजिकबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ४१ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको