खेलकुद क्षेत्रको बजेट 'गोल–मटोल' ! | Khabarhub Khabarhub

खेलकुद क्षेत्रको बजेट ‘गोल–मटोल’ !



काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । बुधवार संघीय संसदमा अर्थमन्त्री. डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रको विकासका लागि ३ अर्ब ९९ करोड छुट्याएको हो ।

अर्थमन्त्रीले काठमाडौंमा खेलकुद परिसर निर्माण, अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न र सातवटै प्रदेशमा रंगशाला निर्माण गर्नेदेखि स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजनासहित खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेका हुन् ।

गत वर्षहरुको भन्दा यो वर्ष खेलकुद क्षेत्रका लागि बजेट धेरै आएको छ । अघिल्लो वर्ष सरकारले खेलकुद क्षेत्रमा ३ अर्ब ३५ करोड छुटाएको थियो । त्यसमा २४ करोडको वृद्धि भएर आएको छ ।

त्यसोत, युवा तथा खेलकुद मन्त्रालयलाई अर्थ मन्त्रालयले  २ अर्ब ९९ करोडको सिलिङमा रहेर कार्यक्रम बनाउन भनेको थियो तर बुधबार अर्थमन्त्रीले पेश गरेको बजेटमा सिलिङ रकम भन्दा १ अर्ब थपेर ३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ ।

योसँगै सरकारले यही वर्ष नेपालमा आयोजना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरीएको छ । त्यस्तै, नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पूर्वाधारको निर्माणका लागि पनि आवश्यक बजेट छुट्याएको अर्थमन्त्री खतिवडाले बजेट भाषणमा उल्लेख गरे ।

‘ गत आर्थिक वर्षहरुभन्दा यस वर्ष खेलकुदमा बजेट धेरै आएको छ । तर, शीर्षकहरु स्पष्ट नभएकाले बजेटमा शंका गर्ने ठाउँ प्रसस्तै छन्,’ राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले भने,‘सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने भनिएको छ । जुन शीर्षक नै स्पष्ट छैन । खेलग्राम अर्थात् ‘स्पोट्स भिलेज’ अन्तर्राष्ट्रि अभ्यासलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा बसोबासका लागि बनाइने स्थान हो । तर, यहाँ के भन्न खोजिएको हो स्पष्ट छैन । यस्तै, अन्य कुराहरु पनि हेर्दा बजेट गोल–मटोल देखिन्छ ।’

तर, खेल पत्रकार निरन्जन राजवंशी भने, सरकारले विनियोजन गरेके बजेटलाई अहिले नै विश्लेषण गरिहाल्नु पर्ने समय नभएको बताउँछन् । उनले भने,‘समग्रमा बजेट राम्रै गरी आएको छ । पूर्वाधार केन्द्रित छ ।  सातवटै प्रदेशमा रंगशाला निर्माण, प्रदेश र स्थानीय तहमा खेलग्राम लगायतका कार्यक्रम ठिकै छन् ।’

योसँगै बजेट पूर्वाधार केन्द्रीत आएको कारण पनि नेपाली खेलकुदको विकासमा अगाडि बढेको अनुमान लगाउन सकिन्छ । यसअघिका बजेटहरुमा पूर्वाधारमा धेरै ध्यान दिइएको थिएन् । सरकारले क्रिकेट तथा खेल मैदान निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसलाई निजी क्षेत्रबाट चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा सरकारले सहयोग गर्ने संकेत देखाएको छ ।

यद्यपि राखेप पूर्व सदस्य सचिव लामाले भने धुर्मुस–सुन्तली फाउण्डेसनलाई नेकपा अध्यक्ष गएर उद्घाटन गर्दा पनि शीर्षक छुट्याएर बजेट नछुट्याएकोमा असन्तुष्टि जनाए ।

उनले भने,‘देशकै गौरवको आयोजना र अर्बौं लाग्ने परियोजनामा सरकारले एक रुपैयाँ नछुट्याउन दुःखद् कुरा हो । यस्तै, देशका विभिन्न स्थानमा बन्न लागेका खेल मैदानका लागि सरकारले बजेट नछुट्याउनु पनि दुःखद् हो ।’

यता पत्रकार राजवंशी भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भन्ने लाइनले नै धुर्मुस सन्तली फाउण्डेसनले बनाउन लागेको रंगशालालाई सहयोग गर्ने भन्न खोजेको बताउँछन् ।

काठमाडौं र पोखरामा डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि मन्त्रालयले ४ अर्ब खर्च लाग्ने यसअघि नै सार्वजनिक गरीसकेको छ । सागका लागि शीर्षक छुट्याएर बजेट विनियोजन नभएपनि साग हुनेमा भने शंका छैन ।

कुनै पनि काम गर्न बजेट नै महत्वपूर्ण हुन्छ । साग आयोजनाका लागि मन्त्रालयले सरकारसँग ४ अर्बको बजेट अनुमान गरेको थियो । साग नेपालमै हुने भएपछि त्यसका लागि बजेट आवश्यक बजेट दिनु सरकारको दायित्व समेत हो ।

संघीय संसदमा बुधबार अर्थमन्त्री डा. खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै नेपालले आयोजना गर्न लागेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई सफल पार्न आवश्यक बजेट विनियोजन गरेको बताए ।

क्रिकेटको विकासका लागि एकेडेमी स्थापना गरिने बताएका मन्त्री खतिवडाले मुलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण २ वर्ष भित्र सम्पन्न गर्ने गरी १० करोड विनियोजन गरेको छ । तर, १० करोड रकम क्रिकेट विकासका लागि प्रयाप्त नभएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : ५२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द