गणतन्त्रले नेपाललाई नयाँ मोडमा ल्याएको छ : देउवा | Khabarhub Khabarhub

गणतन्त्रले नेपाललाई नयाँ मोडमा ल्याएको छ : देउवा


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरे ।

‘नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढेको बताएको छ ।

नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ९ : १९ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१