एक घण्टाभन्दा बढी मोबाइल र टिभी हेर्नु बालबालिकाका लागि घातक | Khabarhub Khabarhub

एक घण्टाभन्दा बढी मोबाइल र टिभी हेर्नु बालबालिकाका लागि घातक


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तपाईंको बच्चाले दिनमा कति सयमसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि बढ्दै गएको छ ।

तर, यो लतलाई समयमै अभिभावकले छुटाउन नसकेको खण्डमा उनीहरुको शारीरिक विकासमा गम्भीर समस्या देखिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर हालै जारी गरेको चेतावनीमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रिनबाट टाढै राख्न सूचित गरिएको छ । बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने डब्लुएचओको अध्ययन रिपोर्टमा उल्लेख छ ।

डब्लुएचओको नयाँ निर्देशिकामा बालबालिकाको शारीरिक गतिविधिमाथि जोड दिइएको छ । शरीरको तीव्र विकास बालापनमै हुने भएकाले यो समय खेलकुद गतिविधिमा ध्यान केन्द्रित गर्ने तथा पर्याप्त रुपमा सुत्ने बानीको विकास गर्न आवश्यक रहेको बताइएको छ । शारीरिक गतिविधिमा कमी आउँदा हरेक वर्ष विश्वमा सबै उमेर वर्गका ५० लाख मानिसको मृत्यु हुने गरेको छ ।

वर्तमान अवस्थामा २३ प्रतिशत बाल–बालिका तथा ८० प्रतिशत किशोर शारीरिक रुपमा तन्दुरुस्त नभएको डब्लुएचओको तथ्यांकले देखाएको छ । सानो उमेरबाटै शरीरलाई सक्रिय राख्ने तथा पर्याप्तमात्रामा सुत्ने बानीको विकास गर्नु पर्ने डब्लुएचओको सुझाव छ ।

बालबालिकालाई धेरैभन्दा धेरै खेल्ने अवसर दिइनुपर्ने र मोबाइल प्रयोगमाथि पूर्ण रुपमा रोक लगाउनुपर्ने उल्लेख गरिएको छ ।

साना बच्चालाई एक घण्टाभन्दा बढी काख र कुर्सीमा राख्न हुँदैन । ३ महिना उमेरको बच्चालाई १४–१७ घण्टा र ४ देखि ११ महिना उमेरकोलाई १२ देखि १६ घण्टा सुत्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ ।

दिनमा १८० मिनेट बालबालिकालाई अलग–अलग तरिकाको शारीरिक गतिविधिमा बिताउन प्रेरित गर्नुपर्छ ।

दुई वर्षभन्दा कम उमेरको बच्चालाई एक घण्टाभन्दा बढी समय टेलिभिजन तथा मोबाइल हेर्न दिन हुँदैन । उसलाई ११ देखि १४ घण्टा सुत्न आवश्यक हुन्छ ।

३ देखि ४ वर्ष उमेरका बालबालिकालाई दैनिक ६० मिनेटसम्म लगातार शारीरिक गतिविधि गर्न लगाउनुपर्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ३७ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र