बाढी र पहिरोबाट इन्डोनेसियामा २९ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढी र पहिरोबाट इन्डोनेसियामा २९ जनाको मृत्यु


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– भारी वर्षासँगै आएको बाढी र पहिरोपछि इन्डोनेसियामा २९ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिमी क्षेत्रमा रहेको बेङ्कुलु प्रान्तमा आएको बाढी र पहिरोबाट अरु दर्जनौं मानिसहरु हराइरहेको अधिकारीले जनाएका छन् ।

बाढी र पहिरोबाट अरु सयौं घरमा क्षति पुगेको र हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

त्यसबाहेक बाढी र पहिरोले बेङ्कुलु प्रान्तका २ जिल्लासँगको सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, बाढी पहिरोले यातायात, खानेपानी, विद्युत तथा अन्य पूर्वाधारमा पनि नराम्ररी क्षति पुगेको अधिकारीले जनाएका छन् ।

स्वच्छ खानेपानीको अभाव र ओसिलो वातावरणका कारण त्यहाँ महामारी फैलिनसक्ने भन्दै चिन्ता उत्पन्न भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  २ : ४६ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने