हावाहुरी प्रभावित बारा–पर्सामा वैशाख २१ गतेदेखि नयाँ घर निर्माणको काम शुरु हुने | Khabarhub Khabarhub

हावाहुरी प्रभावित बारा–पर्सामा वैशाख २१ गतेदेखि नयाँ घर निर्माणको काम शुरु हुने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बारा– हावाहुरी प्रभावित बारा र पर्सामा आगामी वैशाख २१ गतेदेखि क्षतिग्रस्त घरको निर्माण शुरु हुने भएको छ ।

प्रदेश नम्बर २ सरकार समेतको समन्वयमा नेपाली सेनाले बारा र पर्सामा हावाहुरीले प्रभावित निजी घरको निर्माण गर्न लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताए ।

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने बताए ।

‘हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन,’ हुने भने ।

संघीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नम्बर २ को ससरकारले यस काममा विमति नजनाउने पोखरेलले विश्वास व्यक्त गरे । क्षतिग्रस्त घर निर्माणका लागि प्रदेश नं. २ का मुख्य सचिवको सयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको ससमेत सहयोग हुने पोखरेलको भनाइ छ ।

सेनाले वैशाख २१ गतेदेखि बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गर्ने जनाइएको छ । हावाहुरी प्रभावित घरको निर्माणका लागि ७५० इञ्जिनीयर संलग्न हुनेछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी २ कोठे घर बनाइने जानकारी दिए ।

सरकारले बारा पर्साका हावाहुरी प्रभावित १ हजार ४ सय ५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  २ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन