‘केजीएफ २’ मा सञ्जय दत्तपछि यी नायिका पनि ‘इन्ट्री’को तयारीमा | Khabarhub Khabarhub

‘केजीएफ २’ मा सञ्जय दत्तपछि यी नायिका पनि ‘इन्ट्री’को तयारीमा


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म ‘केजीएफ’ बक्स अफिसमा कमालको व्यापार गरेको थियो । यो फिल्मले हिन्दी भर्सनमा पनि राम्रो कमाइ गरेको थियो ।

फिल्मको चर्चापछि निर्माण टिमले यो फिल्ममा बलिउड कलाकारलाई पनि अभिनय गराउने भएको छ । नेपालमा समेत राम्रो क्रेज बनाएको यो फिल्ममा सञ्जय दत्तले समेत अभिनय गर्ने भएपछि दोस्रो सिक्वेलको झन् क्रेज थपिएको थियो । यता फिल्म युटिनले एक नायिकालाई पनि दोस्रो सिक्वेलमा अनुबन्ध गराउने निर्णय गरेको छ ।

खबरका अनुसार यो फिल्ममा सञ्जय दत्तपछि रविना टण्डनलाई निर्माण टिमले अफर गरेको छ । भारतीय मिडियाको रिपोर्टअनुसार फिल्ममा रविना टन्डनको मुख्य भूमिका छ । यदि यो खबर साँचो भयो भने रविनाका लागि पनि यो फिल्म विशेष फिल्म हुनेछ । यद्यपि निर्माण टिमले आधिकारिक जानकारी भने दिएको छैन ।

‘केजीएफ’ले ग्लोबल मार्केटमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मलाई कन्नडसँगै हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज गरिएको थियो । प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्मले शाहरुख खानको फिल्म ‘जिरो’ लाई टक्कर दिएको थियो । ‘केजीएफ’ मा यशको मुख्य भूमिका थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : ५९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले