नेपाली र चिनियाँ व्यवसायीबीच विभिन्न ८ क्षेत्रमा सहकार्यको सहमति | Khabarhub Khabarhub

नेपाली र चिनियाँ व्यवसायीबीच विभिन्न ८ क्षेत्रमा सहकार्यको सहमति


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनको ग्वान्सु प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक ह्वाङ यिङलिङले हस्ताक्षर गरे ।

सहमति पत्रमा दुई मुलुकका व्यवसायीबीच कृषि, फेसन, सौन्दर्य, खाद्य उद्योग, जडिबुटी, औषधि, खेलकूद सामग्री, गहना लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति पत्रका हस्ताक्षर भएको हो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, चिनियाँ वाणिज्य मन्त्रालय र महासंघ सचिवालयका उच्च अधिकृतहरूको पनि सहभागिता रहेको थियो ।

हाल काठमाडौंको भुकृटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा ९० वटा स्टल मार्फत ९२ चिनियाँ कम्पनीहरूले भाग लिइरहेका छन् । सोही मेला र नेपाल लगानी सम्मेलनमा भाग लिन आएका चिनियाँ लगानीकर्ताहरुले नेपालका व्यवसायीहरुसँगको भेटवार्तामा नेपालमा लगानी र व्यापारको सम्भाव्यताका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन