स्याङ्जामा विप्लव नेकपाका २ नेता पक्राउ | Khabarhub Khabarhub

स्याङ्जामा विप्लव नेकपाका २ नेता पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै विभिन्न जिल्लामा उसका नेता तथा कार्यकता धमाधम पक्राउ पर्न थालेका छन् । शुक्रबार स्याङ्जामा दुई जना विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भनिने गोविन्द ओलीलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका २७ घर भएका अधिकारी केही समय अघि मात्रै विप्लप नेतृत्व पार्टी नेकपा स्याङ्जाको सेक्रेटरी भएर काम थालेका थिए । त्यस्तै, मजदुर महासंघ स्याङ्जा अध्यक्ष पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका १ का स्थायी बासिन्दा हुन् ।

पक्राउ परेको दुबै जनालाई प्रहरी पुतलीबजार नगरपालिका १३ छहरी खोलातर्फ मोटरसाईकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार राज्य विरुद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा उनीहरुमाथि अनुसन्धान थालिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उनीहरुका गतिविधिलाई सुरक्षा निकायले कडा निगरानी राखेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ४६ बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका