जिर्ण बन्यो गण्डकी जलविद्युत आयोजना, वर्षौदेखि न्यून मात्रामा विद्युत उत्पादन | Khabarhub Khabarhub

जिर्ण बन्यो गण्डकी जलविद्युत आयोजना, वर्षौदेखि न्यून मात्रामा विद्युत उत्पादन


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नवलपरासी– पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा अहिले ३ दशमलब ५ मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ ।

केन्द्रमा जडित ३ वटा टरवाइनमध्ये त्यसमा जडित उपकरण र मेसीनरीका समान पुरानो हुँदै जानुका साथै हाल २ वटा बिग्रिएर पूर्ण रुपमा थन्किएका छन् । एउटा मात्रै  (२ नम्बर) टरवाइन सञ्चालनमा रहेको छ । करिब १० देखि १२ वर्ष अघिबाट थन्किएको टरवाइन नम्बर १ को मर्मत सम्भार नहुनु र ३ नम्बर टरवाइन २ महीनादेखि बिग्रेको केन्द्रका प्रमुख कपिलदेव मान्जनले बताए ।

बाँकी सञ्चालन रहेको एउटा टरवाइनसमेत जिर्ण अवस्थामा रहेको छ । भारतीय गण्डक नहरमा प्रयाप्त पानी नहुँदा सो टरवाइनले समेत लक्ष्यअनुसारले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । केन्द्रमा आवश्यक पर्ने पानी गण्डक नहरमा नहुनु र नहरमा भएको बालुवा सफाइ नहुँदा एउटा टरवाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रमा एउटा टरवाइनका लागि नहरमा ४ हजार क्युसेक पानी आवश्यक भए पनि आवश्यकताअनुसार पानी नहुनु र नहरमा हेड मर्मत नहुँदा अहिले सञ्चालनमा रहेको एउटा टरवाइनबाट समेत पूर्ण रुपमा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख मान्जनले बताए ।

करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकाशं उपकरणहरु पुराना रहेका छन् । केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन वृहत मर्मत सम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करीब १ अर्ब रुपैयाँ बराबरको आर्थिक लगानी आवश्यक देखिएको केन्द्रका प्रमुख मान्जनले जानकारी दिए । सो केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेका बताइएको छ । आर्थिक कारणले मर्मत सम्भार हुन नसकेको भए उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेका उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर ५ का संयोजक गुणनिधि तिवारीले बताए ।

केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरुले पटकपटक सरकारसँग माग गरेको भए पनि सरकारी निकाय पूर्ण सकारात्मक नदेखिएको तिवारीले जानकारी दिए । केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन लाग्ने सबै आर्थिक रकम दिन निजी क्षेत्र तयार रहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए ।

उक्त केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ केभीमा बिजुली परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । उक्त विद्युत् गृह सन् १९७९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । भारत र नेपालको सम्झौताअनुसार पावर हाउस सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवनहरु र संचरना तथा मेसिनरी उपकरण जिर्ण भइसकेका छन् ।

केन्द्रमा हाल ४४ जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : २२ बजे

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार