आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गतेदेखि शुरु हुने | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गतेदेखि शुरु हुने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद बैशाख पहिलो साता हुने भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को बोर्ड बैठकले प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन गरी मिति तय गरेको हो ।

नेपालगञ्जस्थित रंगशालामा बन्न लागेको भिआईपी प्याराफिट बन्न समय लाग्ने भएपछि प्रतियानेगिताको मिति अन्योलमा थियो । उक्त अन्योल भइरहँदा मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएर मिति तय गरेको हो ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । सदस्य सचिव केशवकुमार विष्टले पछिल्लो समय एक कार्यक्रममा बोल्दै प्रतियोगिताको चैत २७ मा उद्घाटन हुने बताएका थिए ।

चैत २५ गते भित्र सम्पूर्ण निर्माण कार्य सकिने राखेपले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : ३१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६