एसइईको प्रश्नपत्र आउट भएकोबारे सिआईबीले अनुसन्धान गर्ने, शुक्रबार देशभरका प्रश्नपत्र रुजु गरिने | Khabarhub Khabarhub

एसइईको प्रश्नपत्र आउट भएकोबारे सिआईबीले अनुसन्धान गर्ने, शुक्रबार देशभरका प्रश्नपत्र रुजु गरिने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गर्ने भएको छ ।

शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकले प्रश्नपत्र आउट भएको विषयमा अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो ।

शुक्रबार मध्याह्न बसेको केन्द्रीय सुरक्षा वैठकले देशभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय समेत गरेको छ ।

शुक्रवार साँझसम्म सबै प्रश्नपत्रको रुजु सकेर थप निर्णय लिइने जनाइएको छ ।

देशभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाइएको प्रश्नपत्र शुक्रबार साँझसम्म रुजु गरिसकिने शिक्षा मन्त्रालयका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ३ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन