भक्तपुरमा शुरु भयो बहाल कर स्वयं घोषणा अभियान | Khabarhub Khabarhub

भक्तपुरमा शुरु भयो बहाल कर स्वयं घोषणा अभियान


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भक्तपुर– भक्तपुरकाे सूर्यविनायक नगरपालिकाले  धर/जग्गा बहाल कर स्वयं घोषणा अभियान शुरु गरेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शुरु गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

अभियानका क्रममा स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिका –४ वडा कार्यालय (दधिकोट) ले आयोजना गरेको सो कार्यक्रममा बहाल कर घोषणा गर्ने स्थानीयवासीलाई नगर प्रमुख थापाले सम्मान गर्दै पासबुक पनि वितरण गरे । वडाध्यक्ष उत्तम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख थापाले यस नगरपालिकामा केन्द्र, प्रदेश र स्थानीय तहको गरी एक अर्ब भन्दा बढी रकमबाट विकास निर्माणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

विकास निर्माणको अभियानमा कर तिरेर आफ्नो दायित्व पूरा गर्ने नागरिक असल नागरिक भएको चर्चा गर्दै उनले बहाल करबाट सङ्कलन भएको रकम कर्मचारीको तलब भत्तालगायत प्रशासनिक कार्यमा खर्च नगरी पूर्वाधार विकासका कार्यहरुमा मात्रै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका राजश्व शाखा प्रमुख अनिरुद्र नेपालले आधुनिक प्रविधि प्रयोग गरी बहाल आयबुझाउने नागरिकको अभिलेख राखिने बताउँदै उनीहरूले बुझाएको करका सम्बन्धमा जानकारी आफै लिनसक्ने बताए ।

यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी ३ महीनामा कम्तीमा ५ हजार पुर्‍याउने लक्ष्य राखिएको राजश्व शाखा प्रमुख नेपालकाे भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : २४ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने