वैदेशिक रोजगारीमा जानुअघि स्वदेशमै ठगिन्छन् कामदार | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जानुअघि स्वदेशमै ठगिन्छन् कामदार


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको खोजीका क्रममा रहेका धेरै युवा ठगीको शिकार हुने गरेका छन् ।

उनीहरु वैदेशिक रोजगारीमा जाने प्रक्रियाका क्रममा एजेन्ट र म्यानपावर कम्पनीमार्फत ठगीने गरेको रोजगार पीडितलाई निःशुल्क कानूनी सेवा दिंदै आएको संस्था पिपुल्स फोरमको अध्ययनले देखाएको छ ।

रोजगारीको खोजीमा रहेको युवा देशभित्र नै ठगिने गरेको उजुरी फोरममा दर्ता भएको अध्ययनमा उल्लेख गरिएको छ।

फोरममा गत मंसिरदेखि फागुन मसान्त भित्रमा १ हजार १२ निवेदन परेका थिए जसममध्ये ५ सय ११ जना अर्थात ५० प्रतिशत निवेदक वैदेशिक रोजगारीमा जाने क्रममा स्वदेशमा ठगीका थिए ।

यस्तै, विदेश जानुभन्दा पहिला तोकिएको रकम विदेश गएपछि नपाएको उजुरी फोरममा परेको छ । जसमा संख्या १ सय ३८ रहेको छ जुन कुल निवेदनको १४ प्रतिशत हुन्छ । तेश्रोमा न्यून तलव दिइएको देखिएको छ । यस्तो समस्या परेको भन्दै निवेदन दिनेहरुको संख्या १ सय ११ रहेको फोरमले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा धेरै युवा पीडित हुने गरेको पिपुल फोरमका सामी परियोजना संयोजक सुदीप देवकोटाले जानकारी दिए ।

रोजगारीको खोजीमा रहेका धेरै युवाले जिल्लास्तरमा ठगी मुद्दा दर्ता भको फोरमले जानकारी दिएको छ । पछिल्लो ४ महिनाका निवेदनका आधारमा सवैभन्दा धेरै समस्या सुनसरी जिल्लामा देखिएको छ ।

यो अवधिमा सुनसरीमा ४९ वटा निवेदन दर्ता भएका छन् । दोश्रोमा सर्लाही(४३) तथा तेश्रोमा झापा(४१) देखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ३० बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा