कर्मचारी सञ्चय कोषले माग्यो ३२ जना कर्मचारी | Khabarhub Khabarhub

कर्मचारी सञ्चय कोषले माग्यो ३२ जना कर्मचारी


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कर्मचारी सञ्चय कोषले वरिष्ठ प्रवन्धकदेखि सहायकसम्मको पदका लागि ३२ जना कर्मचारी माग गरेको छ ।

कोषले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।

कोषले प्रशासन सेवा/समूहअन्तर्गत वरिष्ठ प्रवन्धक पदमा १, प्रवन्धक पदमा १, उपप्रवन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । यस्तै, उपप्रवन्धक (चाटर्ड एकाउन्टेन्ट) पदमा खुला २ र महिला १ गरी ३ जना कर्मचारी माग गरेको छ ।

कोषले उपप्रवन्धक (वित्त विश्लेषक) पदमा खुला १ र महिला १ गरी २ जना कर्मचारी माग गरेको छ । यस्तै सहायक प्रवन्धक पदमा खुला १०, महिला १, आदिवासी जनजाति २, मधेसी २, दलित १ र अपाङ्ग १ गरी १७ जना कर्मचारी माग गरेको छ ।

यस्तै, प्राविधिक सेवाअन्तर्गत सयहाक प्रवन्धक (कम्प्युटर) मा १ जना कर्मचारी माग गरेको कोषले प्रशासन समूहअन्तर्गत सहयाक पदमा खुला ४, महिला १, आदिवासी जनजाति १, मधेसी १ गरी ७ जना कर्मचारी माग गरेको छ ।

कोषले माग गरेको पदमा अनलाइनमार्फत पनि दरखास्त दिने सकिने जनाइएको छ ।

कोषले माग गरेका पदमा दरखास्त आह्वान भएको मिति (२०७५/१२/१५)देखि २१ दिनभित्र दरखास्त दिन सकिने छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ४६ बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर