बीजेपीबाट चुनाव लड्न लागेको छैन–माधुरी दीक्षित | Khabarhub Khabarhub

बीजेपीबाट चुनाव लड्न लागेको छैन–माधुरी दीक्षित


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा चुनावको चहलपहल र सरगर्मी निकै बढेको छ । आगामी लोकसभा चुनावलाई मध्यनगर गर्दै कयौं बलिउडका हस्तीहरु राजनीतिमा प्रवेश गरेका छन् ।

यो लिस्टमा माधुरी दीक्षित पनि थपिएको चर्चा भारतीय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा भइरहेको थियो । उनी बीजेपीको लागि पुणेबाट लोकसभाका लागि चुनाव लड्न लागेकी छिन् भन्ने समाचारहरु सार्वजनिक भएका थिए ।

लोकसभा चुनाव लड्ने विषयमा चर्चा भएपछि माधुरी दीक्षितले यसबारे जवाफ दिएकी छिन् । माधुरीका अनुसार उनी कुनै पनि पार्टीसँग जोडिएकी छैनन् ।

एक अन्तर्वार्ताका क्रममा माधुरी दीक्षितले भनिन्,‘मेरो राजनीतिमा प्रवेशको हल्ला फैलिएको छ, म कुनै पनि राजनीतिक पार्टीबाट लागि चुनाव लड्न लागेको छैन’ । उनले फिल्मी क्षेत्रका हस्तीहरुको बारेमा चुनावका विषयमा भ्रम फैलाइएको दाबी गरेकी छिन् ।

माधुरी भन्दा पहिला सञ्जय दत्तले लोकसभा चुनाव लड्ने हल्ला फिजिएको थियो । उनले उत्तर प्रदेशको गाजियावाद बाट चुनाव लड्ने तयारी गरेको समाचारहरु सार्वजनिक भएको छ । तर यसलाई सञ्जयले ट्वीटरबाट हल्ला मात्र भएको बताए ।

१७ अप्रिलमा माधुरीको फिल्म कलंक रिलिज हुने तयारीमा छ । यसको प्रचार प्रचारमा उनी जुटेकी छिन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०