विज्ञानपछि सामाजिकको प्रश्नपत्र आउट, आजको परीक्षा पनि रद्द | Khabarhub Khabarhub

विज्ञानपछि सामाजिकको प्रश्नपत्र आउट, आजको परीक्षा पनि रद्द


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)को एक पछि अर्को गरी परीक्षा अगावै प्रश्नपत्र आउट हुन थालेको पाइएको छ ।

प्रदेश नम्बर नं. २ हिजो विज्ञान विषयका परीक्षा पत्र बाहिरिएपछि स्थगित भएको परीक्षा आज सामाजिक विषयको परीक्षा पत्र बाहिरिएपछि फेरि आजको परीक्षा पनि रद्द गरिएको छ ।

पश्न पत्र बाहिरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहले आकस्मिक बैठक बोलाएका छन् । बैठकले प्रश्नपत्र कसरी बाहिरियो छानविन गर्नेछ ।

आज सामजिक बिषयको परीक्षा हुने कार्यतालिका रहेपनि प्रश्नपत्र भने बिहीबार बेलुका नै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो ।

त्यसैगरी प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले यस विषयमा अनुसन्धान हुने र अनियमितता गर्ने जो कोहीलाई कारबाही हुने जानकारी दिएका छन् ।

बिहिबार पनि प्रदेश नं २ का जिल्लाहरुमा विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेशभरका विद्यार्थीको विज्ञान संकायको परीक्षा रद्द गरिएको थियो । उनीहरुको विज्ञान बिषयको परीक्षा अब चैत २२ गते हुनेछ ।

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ५६ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको