आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज आंशिक बदलीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । काठमाडौं उपत्यमामा आज विहानै देखि बदलि भएको छ ।

पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आज दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ स्थानहरुमा मध्यान्ह पछि वा साझतिर मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी हिमालि भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

त्यस्तै आज राति पश्चिमि भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागहरुमा आंशिक बदलि रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन