विश्वकै ठूलो शालिग्रामको दर्शन ‘क्रुजसिप’ चढेरै गर्न पाइने | Khabarhub Khabarhub

विश्वकै ठूलो शालिग्रामको दर्शन ‘क्रुजसिप’ चढेरै गर्न पाइने


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ ।

कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो ।

इटहरीमा निर्माण गरिएको सो क्रुजसिप माउण्ट मकालु पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात (पानी जहाज) कम्पनी प्रालिद्वारा रु २५ लाखमा खरीद गरी सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सो क्रुजसिपको उद्घाटन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री लम्सालले कालीगण्डकी नदी प्राकृतिक, साहसिक तथा धार्मिक पर्यटकीय हिसाबले समेत महत्वपूर्ण रहेको बताए ।


देवघाट, रानीमहल, सेतीवेणी, मोदीवेणी हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीयस्थललाई ‘प्याकेज’का रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले कालीगण्डकी नदीमा सञ्चालन गरिएको क्रुजसिप प्रदेशमै पहिलो भएको जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पर्यटकीय प्रचूर सम्भावना बोकेको कालीगण्डकी जलशायमा जलयात्रासँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने आवश्यकता औँल्याए । पर्वतको विहादी गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिकामा पर्ने यस क्षेत्रमा तिनै तहको समन्वयका आधारमा पर्यटन प्रवर्द्धन गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो ।

कालीगण्डकी गाउँपालिका–७ मिर्मीबाट शुरु भएको जलयात्रा प्रसिद्ध पर्यटकीयस्थल शालिग्राम भएको स्थान सेतीवेणीसम्म पुगिन्छ । विश्वकै ठूलो शालिग्राम दर्शन गर्न आउने पर्यटकले जलयात्रा गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

सेतीवेणीबाट जल यात्रा गर्ने पर्यटक अब १० मिनेटमै सो धार्मिक क्षेत्रसम्म पुग्ने कम्पनीका सञ्चालक चित्रबहादुर रानाले जानकारी दिए ।

छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति प्राप्त गरेको कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराए तापनि तीन महिनाभित्र थप गरी १२० जना क्षमता पु¥याउने लक्ष्य लिएको छ ।

यसअघि कालीगण्डकी जलाशयमा इञ्जिन र काठबाट निर्माण गरिएका ५० देखि १०० जना क्षमताका १० वटा स्टिमर सञ्चालनमा रहेका छन् । स्टिमरले प्रतिव्यक्ति रु १५० लिने गरेको र क्रुजसिपले रु २०० देखि २५० सम्म लिने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : १२ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि