योग गर्दै हुनुहुन्छ,यी कुरामा दिनुस् ध्यान | Khabarhub Khabarhub

योग गर्दै हुनुहुन्छ,यी कुरामा दिनुस् ध्यान


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शारीरिक स्वाथ्य र तन्दुरुस्तीका लागि सर्बोत्तम विकल्प हो योग । नियमित योग गर्ने मानिस सधै तन्दुरुस्त, फुर्तिलो र जवान हुन्छ । यो कुरा त तपाईं स्वयम् अनुभव पनि गर्न सक्नुहुन्छ ।

योगले शरीरलाई चुस्त, फुर्तिलो बनाउँछ । शरीरमा रक्त प्रवाह राम्ररी हुन्छ । अक्सिजनको आपूर्ति पर्याप्त हुन्छ । मांशपेशी लचिलो हुन्छ । योगले समग्र शरीरलाई बलियो र निरोगी बनाउँछ साथै मुटु, कलेजो, फोक्सो, मिर्गौंला आदिको कार्य संचालन राम्ररी गराउँछ ।

योग त्यस्तो विधी हो, जसले शरीरलाई समुचित ढंगले व्यायाम गराउँछ । तर, योग गर्नुअघि केही कुरा जान्नुपर्छ । जथाभावी गरिने वा अनियमित ढंगले गरिने योगले सकारात्मक नतिजा नदिन सक्छ ।

योग गर्दा ध्यान दिनु पर्ने कुरा

शारीरिक अवस्था

कतिपय शारीरिक समस्यामा योग गर्नु हुँदैन । गर्भावस्था वा कुनै दीर्घ रोगमा नियन्त्रित ढंगले योग गर्नुपर्छ । त्यसैले योग गर्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ । त्यही अनुसार चिकित्सकको परामर्श लिएर योग गर्नुपर्छ ।

समयको ख्याल

योग गर्नका लागि समयको पनि ख्याल गर्नुपर्छ । खासगरी बिहानको समय योगका लागि सर्बोत्तम मानिन्छ । यतिबेला वातावरण शान्त हुन्छ । वायुमण्डलमा शुद्ध हावा चलेको हुन्छ । हुन त योग दिनभरमा जुनसुकै समय पनि गर्न सकिन्छ । यद्यपी बिहानको समय अझ सूर्योदयअघिको समय एकदम राम्रो मानिन्छ ।

स्थान

योग गर्ने स्थान शान्त हुनुपर्छ । सहज हुनुपर्छ । प्रदूषणयुक्त, कोलाहाल हुने ठाउँमा योग गर्नु त्यती राम्रो हुँदैन । सकेसम्म बगैंचा, खुला स्थान वा चउर लगायतमा योग गर्नु उपयुक्त हुन्छ ।

सरल योग विधीबाट सुरु
योग गर्नुअघि शरीर तन्काउने, खुम्च्याउने गर्नुपर्छ । त्यसपछि क्रमस सजिलो आसनबाट योग थाल्नुपर्छ । कठिन योग जबरजस्ती गर्नु हुँदैन । योग गर्दा शरीरले सहज अनुभव गर्न सक्नुपर्छ । योग गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

खाना खानसाथ योग नगर्ने

खाना खानसाथ गरिने योग हो, बज्रासान । यसले खानालाई पचाउन सहयोग गर्छ । अर्थात पाचन प्रणालीलाई सहज बनाउँछ । यद्यपी बज्रासान बाहेकका योग भने खाना खाए लगत्तै गर्नु हुँदैन ।

योग लगत्तै ननुहाउने

योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

योग लगत्तै चिसो पानी नपिउने

योग गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।
योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । योग गुरुसगँ योग विधि सिकेर मात्र योग अभ्यास घरमा नै गर्ने सकिन्छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : १० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही