प्रहरीले घाँटी समातेको भारतीय कंग्रेस नेतृ प्रियंकाको आरोप | Khabarhub Khabarhub

प्रहरीले घाँटी समातेको भारतीय कंग्रेस नेतृ प्रियंकाको आरोप


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छन् ।

भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी हुन् ।

नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र सोही क्रममा महिला प्रहरीले आफ्नो घाँटी समातेको तथा हातपात गरेको उनको आरोप छ ।

यसबारे उत्तर प्रदेश प्रहरीले वक्तव्य जारी गरेर प्रियंका गान्धीको आरीप गलत भएको दाबी गरेको छ । प्रहरीले तय गरेको मार्गबाट नगएको र सुरक्षा चुनौतीका कारण बाटोमा रोकेको बाहेक अरु कुनै दुर्व्यवहार नभएको प्रहरीको दाबी छ ।

७६ वर्षका पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जानका लागि प्रियंका पहिला एक स्कूटरको पछाडि बसेकी थिइन् । त्यसपछि उनी पैदल हिँडेकी थिइन् । नागरिकता संशोधन कानूनको विरोध प्रदर्शनमा सहभागी भएका दारापुरी केही दिनअघि पक्राउ परेर रिहा भएका थिए ।

प्रियंका गान्धीले आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेकी छन्, जसमा उनी पैदल हिँड्दै गरेको देखिन्छ र साथमा कांग्रेस कार्यकर्ताहरु पनि छन् ।

उनले फेसबुकमा राखेको भिडियो यस्तो छ :

भिडियोसँगै उनले लेखेकी छन् ‘उत्तर प्रदेश प्रहरीको यो कस्तो हरकत हो ? हामीलाई कहिँ जान आउन पनि दिइएको छैन । म अवकास प्राप्त प्रहरी अधिकारी र अंबेडकरवादी सामाजिक कार्यकर्ता एस आर दारापुरीको घर जाँदै थिएँ । उत्तर प्रदेश प्रहरीले उनलाई एनआरसी र नागरिकता संशोधन कानूनको शान्तिपूर्ण विरोध गरेकोमा घरबाटै पक्राउ गरेको थियो ।’

उनले लेखेकी छन्‘मलाई बलपूर्वक रोकियो र महिला प्रहरी अधिकारीले मेरो घाँटी समातेर तानिन् । तर म अडिग रहेँ । म उत्तर प्रदेश प्रहरीको दमनको मारमा परेका हरेक नागरिकको साथमा छु । मेरो सत्याग्रह हो ।’

उनले भाजपा सरकारले कायरले जस्तै हरकत गरिरहेको पनि आरोप लगाएकी छ्न् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : ५७ बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति