६ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा पुग्यो भारतको आर्थिक वृद्धिदर | Khabarhub Khabarhub

६ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा पुग्यो भारतको आर्थिक वृद्धिदर


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली–  पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ । अघिल्लो वर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा अघिल्लो त्रैमासिकमा पाँच प्रतिशत कायम रहेको आर्थिक वृद्धिदरमा ०.५ प्रतिशतको कमी आएको हो ।

भारतका लागि आवश्यक आर्थिक वृद्धिदरको तुलनमा यो निकै तल भएको र यसका कारण भारतीय श्रम बजारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लाखौँका लागि रोजगारी वृद्धि गर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नमा समस्या हुने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ४६ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए