इराकी प्रधानमन्त्री अब्देल मेहदीद्वारा राजीनामाको घोषणा | Khabarhub Khabarhub
Logo
३ माघ २०७६, शुक्रबार

इराकी प्रधानमन्त्री अब्देल मेहदीद्वारा राजीनामाको घोषणा



राजीनामाको घोषणा गरेका इराकका प्रधानमनत्री अदेल अब्देल मेहदी, तस्वीर– रोयटर्स

बग्दाद– इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा पत्र संसदमा पेश गर्ने तयारी गरेका जनाइएको छ ।

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाव दिएका थिए ।

सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् ।

‘मैले प्रधानमन्त्री पदबाट दिएको राजीनामा संसदमा पेस गर्नेछु,’ मेहदीद्वार जारी वक्तव्यमा भनिएको छ ।

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।


भर्खर

0