आईजी खनालको निर्देशन– साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू | Khabarhub Khabarhub

आईजी खनालको निर्देशन– साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले क्षेत्रीयस्तरको खेलकुद प्रतियोगिता तथा उपनिर्वाचन हुन गइरहेको विशेष अवस्थामा शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपालमा यही मंसिर १५ देखि २४ सम्म हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) तथा मंसिर १४ गते केही स्थानमा हुन गइरहेको उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उनले विगतका अनुभव र अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशील भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रूपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै आईजी खनालले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

खेलकुद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनमा समेत उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिए ।

खनालले सम्भावित घटना तथा अवाञ्छित गतिविधिहरुको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ५५ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।