नेपालगञ्जका १८ प्रतिशत घरधुरीमा ट्युवेल | Khabarhub Khabarhub

नेपालगञ्जका १८ प्रतिशत घरधुरीमा ट्युवेल


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् । उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगञ्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वटा छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । नेपालगञ्जमा अहिले दैनिक एक हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।

संस्थानले चार वटा ट्यवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
शहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगञ्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगञ्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।

उनका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी सङ्कलन गर्ने र पाइपबाट नेपालगञ्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका प्रमुख भट्टले जानकारी दिए । पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेबीसँग दुई करोड ५७ लाखमा पाइपलाइन बिछ्याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग ५७ लाख २४ हजारमा सम्झौता भएको छ । पाइपलाइन बिछ्याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले समृद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ ।
संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ४० बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र