घिउकुमारीका यी १५ फाइदाबारे थाहा छ ? | Khabarhub Khabarhub

घिउकुमारीका यी १५ फाइदाबारे थाहा छ ?


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एलोभेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो ।

घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि ।

के पाइन्छ घिउकुमारीमा ?

घिउकुमारीमा भिटामिन ए, बि–१, बि–२, बि–६, बि–१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो।

छालाको सौन्दर्य बढाउन

घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

कपालका लागि

घिउकुमारी एकदमै राम्रो मोश्चराइजर हो, जसले केसलाई घना र मुलायम बनाउँछ । यसले कपालको पिएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ । घिउकुमारीमा हुने पोषण तत्वले केस बढ्न सहयोग गर्छ र र्झन दिँदैन ।

घिउकुमारी जेलमा कागतीको रस मिसाएर कपालमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ ।

दाँत र गिजाको लागि

घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

पेटको लागि

घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

१. घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

२. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

३. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।

४. घिउकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

५. घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

६. घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

७. तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ ।

८. घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ प्रmेशनरको रुपमा काम गर्छ ।

९. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।

१०. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।

११. घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।

१२. घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ०७ बजे

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख