विश्वव्यापी कूटनीतिक शक्तिमा अमेरिकालाई चीनले उछिन्यो | Khabarhub Khabarhub

विश्वव्यापी कूटनीतिक शक्तिमा अमेरिकालाई चीनले उछिन्यो


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वकै कूटनीतिक मिसनको संख्याको मामिलामा चीनले अमेरिकालाई पछि पारेको छ । सिड्नीस्थित लोभि इन्सटिच्यूटको एक अध्ययनका अनुसार २०१९ मा चीनको कुटनीतिक मिशनको संख्याका आधारमा पहिलो स्थानमा पुगेको हो ।

विश्वभरी उसको मिसनको संख्या २ सय ७६ पुगेको छ । जबकी अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कुटनीतिक मिसनकासाथ भारत विश्वकै १२ औं स्थानमा छ ।

अध्ययनका अनुसार यो वर्ष चीनको प्रभाव विश्वभरी नै बढ्दै गएको छ । अन्य मुलुकसँग उसको सम्बन्ध मजबुत भइरहेको छ ।

सी चिनफिङको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ले चीनको कुटनीतिक विस्तारको दायरा बढाउनमा सहयोग गरेको छ । विश्वभरी चीनको १ सय ६९ दूतावास, ९६ वाणिज्य दूतावास, ८ स्थायी मिसन तथा तीन अन्य मिसन छन् ।

अमेरिकाको १ सय ६८ दूतावास, ८८ वाणिज्य दूतावास, ९ स्थायी मिसन र ८ अन्य मिसन छन् । २०१६ मा चीन अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा थियो ।

यसको १ वर्षपछि अर्थात् २०१७ मा चीनले फ्रान्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको थियो । यसपछि यो मामिलामा २०१८ मा कुनै रिपोर्ट आएको थिएन ।

विश्वभरी गरेर कुटनीतिक मिसनको संख्याको मामिलामा भारत १२ औं स्थानमा छ । भारतको १ सय २३ दूतावास/उच्च आयोग, ५४ वाणिज्य दूतावास, ५ स्थायी मिशन तथा ४ अन्य मिसन छन् ।

पाकिस्तानको कुल १ सय १७ कुटनीतिक मिसन छ र यो सहित यो मुलुक २८ औं स्थानमा छ । २ सय ४३ मिसनका साथ जापान विश्वमै चौथो स्थानमा छ । जापानको १ सय ५१ दूतावास, ६१ वणिज्य दूतावास, १० स्थायी मिसन र २१ अन्य मिसन छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ०९ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा