ललितपुरमा साइकल लेन निर्माण शुरु | Khabarhub Khabarhub

ललितपुरमा साइकल लेन निर्माण शुरु


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण कार्य शनिवारबाट शुरु गर्ने भएको छ । ललितपुरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत महानगरले साइकल लेन निर्माण गर्न लागेको हो ।

साइकल लेन निर्माणको पहिलो चरणमा कुपण्डोल -पुल्चोक – जावलाखेल -लगनखेल -मंगलबजार -पुल्चोकसम्म लेन निर्माण गरिनेछ । लेन निर्माण कार्यको औपचारिक कार्यक्रम शनिवार बिहान भएपनि महानगरले बिहीबार रातिबाट काम थालेको छ ।

शनिवार बिहान ८ बजे स्थानीय बासिन्दा, साइकलप्रेमी , जनप्रतिनिधिहरु, कर्मचारी लगायत साइकलसहित पुल्चोकस्थित महानगर कार्यालय परिसरमा जम्मा हुने कार्यक्रम छ । साइकल र्‍याली पुल्चोक, कृष्ण गल्ली, हरिहरभवन हुँदै कुपण्डोल पुग्नेछ ।

साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख महर्जनले बताए । उनले भने ,‘ साइकलको प्रयोगलाई प्रोत्साहित गर्न सके वातावरण जोगाउन सकिन्छ ,साइकलमैत्री सडकमा प्रदुषण कम हुन्छ , सहर सफा हुन्छ ।’ उनले वातावरण संरक्षणमा साइकलको प्रयोग महत्वपूर्ण हुने स्पष्ट पारे । महानगर वातावरण , पानीका मुहान संरक्षण र हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

नगरप्रमुख महर्जनले ललितपुरलाई साइकल सिटी बनाउन लेनको योजना अघि बढाएको बताए । महानगरले साइकल लेन निर्माण कार्यदलका संयोजक तथा वडा नं १३ का वडा अध्यक्ष गणेश के.सीलाई तोकेको छ ।

महानगरको पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ ।

(अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने) , डेडिकेटेड (साइकलका लागि मात्रै छुट्याइएको ) गरी दुई किसिमले साइकल लेन बनाइने महानगरका पूर्वाधार निर्माण महाशाखाप्रमुख रुद्र गौतमले बताए । प्रायटरायजमा चार दशमलव ५७ किलोमिटर पर्छ । सेग्रिगेटेडमा ०दशमलव ४२ किलोमिटर सडक पर्छ ।

महानगरले साइकल लेन निर्माणका लागि गएको भदौ २ गते रमित कन्स्ट्रक्सन प्रा.लि.सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार चैत मसान्तमा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ ।

ललितपुर महानगर पहिलो साइकल मैत्री शहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : २५ बजे

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले