चीनमा ६७ वर्षीया महिलाले जन्माइन् बच्चा, बनिन् देशकै सबैभन्दा बुढी आमा | Khabarhub Khabarhub

चीनमा ६७ वर्षीया महिलाले जन्माइन् बच्चा, बनिन् देशकै सबैभन्दा बुढी आमा


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ ।

झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिएको अस्पतालले जनाएको छ । ती महिलाका पतिको उमेर पनि ६८ वर्षको छ । दुबैले नवजात शिशु ईश्वरको वरदान रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

जिनान टाइम्सका अनुसार यस दम्पतीको यसअघि दुई सन्तान थिए । चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा पछिल्लो छोरा जन्मिएका थिए ।

सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ, र अब दुई सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ ।

चीनमा पछिल्ला केही वर्षदेखि महिलाहरुले ढिलो गरी बच्चा जन्माउने वा बच्चा नै नजन्माउने प्रवृत्ति बढ्दै गएको छ । परिवार नियोजनका कडा नियमहरुका कारण पनि सानो परिवारप्रति धेरै व्यक्ति आकर्षित भइरहेको अध्ययनहरुले देखाएका छन् ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनमा सन् २००६ मा औसत चिनियाँ महिलाले २४ वर्षको उमेरमा बच्चा जन्माउने गरेकामा सन् २०१६ मा २७ वर्षमा पहिलो सन्तान जन्माउन थालेको उल्लेख छ ।

सन् २०१७ मा करिब ५१ प्रतिशत नवजात शिशु दोस्रो सन्तान थिए जबकी सन् २०१६ मा करिब ४० प्रतिशतले दोस्रो सन्तान जन्माएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ४ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०