श्रम गर्न विदेश पुगेका नेपालीलाई तिहारमा देउसी भैलोले सताउँछ ! | Khabarhub Khabarhub

श्रम गर्न विदेश पुगेका नेपालीलाई तिहारमा देउसी भैलोले सताउँछ !


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार रंग र प्रकाशको पर्वसहित दाजूभाइ र दिदीबहीबीचको सम्बन्धको पर्व हो ।

वर्षदिनभरी भेट नभएका दाजुभाइ र दिदीबहिनीको तिहारमा भेटघाट हुने आत्मियता बढ्ने गरेको छ । तिहार रंग, वत्ति, देउसी भैलो, सप्तरंगी टिकाका कारण महत्वपूर्ण मानिन्छ ।

अहिले धेरै नेपाली युवा युवती वैदेशिक रोजगारीका लागि विदेश गएका कारण यस्ता चाडपर्व मनाउन पाउँदैनन् ।

चाडपर्वका बेला पनि विदेशी भूमिका पसिना बगाउनुपर्दा उनीहरुको छुट्टै पीडा र बेदना हुने गरको छ ।

तर पछिल्लो विदेशमा रहेका नेपालीहरुले पनि त्यहाँ रहेका साथीभाइबीच मिलेर चाडपर्व मनाउने र सामाजिक सञ्जालमा राख्ने गरेका छन् । परिवारका सदस्यले पनि नेपालमा मनाएको चाडपर्वको तस्वीर सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

तर जे जस्तो भएपनि वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले दशैंतिहारमा नेपालकै गाँउघरले आफनो मन तान्ने गरेको बताउँछन् ।
दशैंभन्दा तिहार मनाउन नेपाल आउन मन लाग्ने गरेको कोरियाबाट पाँचथरका किरण योङहाङ बताँउछन् ।

विगतमा दशैंभन्दा तिहारमा धेरै रमाइलो गरी मनाउने गरेको योङहाङले अनुभाव सुनाए । नेपालीहरुको चाडपर्वमा आफ्नोपन र आनन्द अनुभुति हुनेगरेको उनले बताए ।

‘कोरियामा आएपछि दशैतिहार मनाउन नेपाल फर्किन पाएको छैन । कोरियाका रोजगारदाता कम्पनीलाई नेपालीको दशैंतिहारको खासै मतलब हँुदैन । यहाँ कामसँग मात्र सरोकार हुन्छ । त्यही भएर विदेशीएका नेपालीलाई चाडपर्वले छुँदैन’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘तिहारका समयमा देउसी खेल्न घर–घर हिँडेको याद आउँछ । सम्झादा नै रमाइलो लाग्छ । तिहारमा साथीभाइ जम्मा भएको गफ गर्दै देउसी खेलेको सम्झन्छु । यति बेला गाँउ–घरमै भएको अनुभुति हुन्छ ।’

गाउँ घरमा देउसी भैलो खेलेको यादले तिहारको समयमा सताउने गरेको र देशमा रोजगारीको अवसर नभएका कारण विदेशिनु परेको पीडाले सताउने उनको भनाइ छ ।

नेपालीको मुख्य चाडका अवसरमा एक दिने विदाका लागि नेपाल सरकारले रोजगारदाता देशमा पहल गर्नेपर्ने उनको भनाइ छ ।
तिहारमा धेरै रमाइलो गर्दै गाउँमा देउसी खेलेको याद आउने गरेको साउदीबाट झापाका लिला गिरीले बताए । साउदी आएदेखि तिहार मनाउन नेपाल आउने अवसर नमिलेको गिरीले बताए ।

‘साउदीमा तिहारको टिकाका दिन काम सकेर साथीभाइ जम्मा भएर मनाइन्छ । यसरी साथीभाइ जम्मा भएर मनाउँदा केही रमाइलो हुन्छ । तर, नेपालमै मनाए जस्तो हुँदैन । परिवारसँग बसेर चाडपर्व मनाउनुको मजा बेग्लै हुन्छ’ उनले भने, ‘विदेशीएपछि कमाउने मात्र ध्यान हुन्छ । जसका कारण दशैंतिहारमा गाँउघरको याद आँउछ । नत्र काममा ध्यान हुन्छ । अन्य समयभन्दा चाडपर्वका बेला मन बढी घरको यादले सताउँछ ।’

साउदीमा मुश्लिमको चाड मनाउनका लागि एक महिनासम्म विदा हुन्छ । तर, रोजगारीमा आएका नेपाली दशैतिहार मनाउन एक दिन पनि विदा कम्पनीले नदिने गरेको उनको भनाइ छ ।

यसैगरी, कतारमा सुरक्षा गार्डमा कार्यरत पोखराका मनोज कुमार धामीले आफू विदेशमा भएपनि तिहारमा मन चाँही पनि आफनै गाँउघरमा मन हुने गरेको बताउँछन् । दशैमा खासै मतलब हुँदैन तर, तिहारमा भने देउसीभैली खेलेको सम्झदाँ घरमै भएजस्तो हुनेगरेको उनको भनाइ छ । आफ्ना चाडपर्व भनेको आफनै हो जुनसुकै देशमा भएपनि गाँउघरमा तिहार मनाएको यादले नछाडने गरेको उनले सुनाए ।

हाल, विदेशीमा करिब ८० लाख नेपाली रहेको सरकारी अनुमान छ । जसमा वैदेशिक रोजगारीका लागि ४४ लाख नेपाली विश्वका विभिन्न देशमा रहेको अनुमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : ०६ बजे

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने