यी खानेकुरा फ्रिजमा नराख्नुस् | Khabarhub Khabarhub

यी खानेकुरा फ्रिजमा नराख्नुस्


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रिज अर्थात् खानेकुरा लामो समयसम्म बचाउन प्रयोग गरीने विद्युतिय मेसिन । यसमा राखिएका खानेकुरा ओल्याउने, बिग्रने वा कुहिने डर हुदैन ।

तर फ्रिजमा राखेका सबै खानेकुरा ताजा हुन्छन् वा बिग्रदैनन् भनेर सोच्नु चाहि गलत हुन्छ ।

अक्सर खानपिनका कुरा ताजा राख्ने फ्रिजमा कतिपय खानेकुरा भने बिग्रने गर्दछन् । ति खानेकुरा फ्रिजमा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि समेत हानिकारक हुन्छन् । के के हुन् त फ्रिजमा राख्न नहुने खानेकुराहरु ः

केरा

केरा विग्रन लाग्यो भनेर फ्रिजमा राख्न खोज्दै हुनुहुन्छ भने ख्याल गर्नुस् । केरालाई फ्रिजमा राख्दा बोक्रा कालो हुने र बिग्रने हुन्छ

टमाटर

हामीले जानेर वा अनजानमा टमाटर (गोलभेडा)लाई फ्रिज राख्ने गर्दछौ । तर फ्रिजमा राखेको टमाटरले यसको स्वाद बिगार्ने गर्दछ । फ्रिजमा हुने चिसोले टमाटरको भित्री झिल्ली फुट्छ र मुलायम हुन्छ ।

तुलसीको पात
लामो समयसम्म हरीयो वा ताजा राख्न तुलसिको पात फ्रिजमा राखिन्छ । तर फ्रिजमा राखिएको तुलसिको पातले फ्रिजका अरु खानेकुराको सुगन्ध सोस्ने गर्दछ । अझ ति खानेकुरामा समेत तुलसीको सुगन्ध आउने गर्दछ । जसले गर्दा अरु खानेकुराको मौलिकस्वाद हराउने गर्दछ ।

आलु
आलुलाई सकेसम्म फ्रिजमा राख्नुहुदैन । फ्रिजमा भएको चिसोले आलुको स्टार्च सुगरमा बदलिन्छ । जसले रोग निम्त्याउने गर्दछ । केहि गरी आलुलाई फ्रिजमा राख्नुपरे पेपर ब्यागमा हालेर मात्र राख्नु पर्दछ ।

लसुन प्याज
लसुन र प्याज समेत फ्रिजमा राख्नु हुदैन । अन्यथा आलुको जस्तै लसुन र प्याजमा समस्या हुने गर्दछ । लसुन र प्याजलाई चिसो र अ“ध्यारो स्थान राखे यो लामो समयसम्म टिक्ने गर्दछ ।

जैतुनको तेल
जैतुनको तेललाई फ्रिजमा राख्नुहुदैन । अन्यथा फ्रिजको चिसोले तेलको तापमान कम गराई मही जस्तै गाढा हुने गर्दछ ।

रोटी
कतिपय हामी रोटिलाई टिकाई राख्न फ्रिजमा राख्ने गर्दछौ । तर खराब नहोस् भनेर फ्रिजमा राखिएको रोटि सुक्ने तथा यसमा भएको तत्व गुमेर जाने गर्दछ ।

कफी
कफीलाई कहिल्यै फ्रिजमा राख्नुहुदैन । कफि फ्रिजमा राख्दा यसको स्वाद बिग्रने मात्रै होइन, यसको स्वाद फ्रिजमा राखिएको अरु खानेकुरामा समेत मिसिएर आउन थाल्दछ ।

मह
महलाई भुलेर पनि फ्रिजमा राख्नुहुदैन । अन्यत्र राखेपनी यसलाई कुनै डब्बा वा सिसिमा हालेर पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । अन्यथा फ्रिजमा राखिएको मह क्रिस्टलमा परीणत हुन्छ ।

अचार
अचारलाई कहिल्यै फ्रिजमा राख्नु हुदैन । अचारमा हुने भिनेगारले अरु खानेकुराको समेत स्वाद बिर्गाने गर्दछ । अचारलाई बाहिर नै चिसो स्थानमा राख्नु उत्तम हुन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ११ : ०५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको