मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणको काम सकियो | Khabarhub Khabarhub

मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणको काम सकियो


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव परिक्षण सकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसीन विभागमा सबै शवको पोष्टमार्टम आज ( विहीवार) दिउँसो २ बजेदेखि शुरु गरिएको थियो । पोष्टमार्टम शुरु भएको ८ घण्टापछि सबै शवको परीक्षण सकिएको विभाका प्रमुख डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई बताए ।

शव परीक्षणको काम सकिए पनि पहिचान गर्न भने बाँकी रहेको डा श्रेष्ठको भनाइ छ ।
‘सबै शवहरुको परीक्षण  काम सकियो, अब शव पहिचानको काम बाँकी रहेकोछ,’ डा श्रेष्ठले खबरहबसँग भने, ‘ हामीले शव पहिचानको काम पनि गर्दैछौं ।’

हेलिकोप्टर दुर्घटनामा परेका मन्त्री अधिकारी सहितको शव पहिचान गर्न समस्या भएपछि अस्पतालले मृतकका आफन्तहरुको नमूना संकलन गरीसकेको छ । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गर्दैछ ।

सबै शवको परीक्षणहरु मिले राती १ बजेसम्ममा पोष्टमार्टमको सम्पूर्ण काम पुरा हुने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : २० बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको