ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना | Khabarhub Khabarhub

ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन विहीबार साँझ अस्पताल भर्ना भएका छन् । मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचार भइरहेको नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले बताए । उनले खबरहबसँग कुरा गर्दै भने–‘मन्त्रीज्यूको स्थास्थ्य  परीक्षणको रिपोर्ट आउँन बाँकी छ, रिपोर्ट भोलि मात्र आउँछ । स्वास्थ्य अवस्था सामान्य छ ।’

उनको उपचारमा डा. यादव भट्टसहितको चिकित्सक टोली जुटेको उनले जानकारी दिए । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,  सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरू अस्पताल पुगका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ५६ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै