अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनताको रक्षा–नेता गजुरेल | Khabarhub Khabarhub

अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनताको रक्षा–नेता गजुरेल


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताएका छन् ।

मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा बर्दिवासमा आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई क्रान्तिकारी जनताले मात्र गर्नसक्ने जिकिर गरे ।

“जताततै मुलुकका सीमा मिचिएका छन्, सीमाक्षेत्रमा छिमेकी मुलुकले ठूलठूला ड्याम बनाएर सडक बनाउँदैछ,” गजुरेलले भने, “दुई तिहाइ बहुमतको सरकार र संसद्को प्रमुख प्रतिपक्षी दल ‘तैँ चुप मैँ चुप’ देखिन्छन्, तसर्थ अब मुलुकको स्वाधीनताको रक्षाका लागि जनता आफैँ उठ्नुपर्ने अवस्था आएको हो ।”

अध्यक्ष गजुरेलले फागुन ७ गते पूर्वको झापा, पश्चिमको कञ्चनपुर, गण्डकी प्रदेशको पोखरा र केन्द्रीय राजधानी काठमाडौँबाट एकसाथ शुरु गरिएको मेची–महाकाली राष्ट्रिय जागरण अभियान यही फागुन २१ गते चितवनमा समापन गरिएसँगै नयाँ आन्दोलनको तयारी गरिने बताए ।

सभामा मोर्चाका केन्द्रीय नेता हरिभक्त कँडेल र कृष्णदेव सिंह दनुवारले जनताको जनगणतन्त्रले मात्र राष्ट्रिय स्वाधीनता, जनजीविका र जनताको सुरक्षाको प्रत्याभूति दिनसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : १६ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका